संविधान हेरेर फैसला गरियोस् : नेता पौडेल

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान हेरेर संसद विघटनको फैसल गर्न सचेत गराएका छन् । पाँच दिने कार्यक्रम बोकेर गृहजिल्ला आइपुगेका नेता पौडेलले पार्टी निकट भ्रातृ संस्थाले सोमबार दमौलीमा आयोजना गरेको विरोध सभामा उक्त कुरा बताएका हुन् ।

‘अदालतलाई हामी मान्छौ, संविधान हेरेर फैसला होस्, संविधान हेर्ने बित्तिकै विघटित संसद पुनःस्थापना हुन्छ’, नेता पौडेलले भने, ‘यदि संविधानै नहेरी फैसला भयो भने त्यो बेलामा श्रीमानहरुलाई संविधान नचाइने हो भने जनताले पनि किन खोज्छन् त ? जनताले श्रीमान सम्मानित कसरी भन्नलान ? त्यतिखेरा विचार गर्नुपर्ने अवस्था आउन सक्छ ।’

यस्तै, वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले सनकका भरमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा कांग्रेस निर्णायक बिन्दुमा गै नसकेकाले सच्च्याउनका लागि प्रधानमन्त्रीलाई चेतावनी समेत दिएका छन् । ‘संविधानको संकट आउदै छ, यो संविधान भत्कियो भने यस्तो संविधान फेरी प्राप्त गर्न गाह्रो पर्छ, उनले भने, ‘यो कुराको वकालत जस्ले गर्छ त्यो सच्चा कांग्रेस र सच्चा लोकतन्त्रवादी हो ।’

‘मलाई प्रधानमन्त्री बन्ने र राष्ट्रपति हुने कुनै लोभ छैन, संविधान र लोकतन्त्रको रक्षा नै मेरो मुख्य लक्ष्य हो’, नेता पौडेलले भने, ‘खेतै रहेन भने बाली कहाँबाट आउँछ ? खेत रहेत बाली अर्को साल पनि लगाउला ।’

‘मोही माग्ने ढुङ्ग्रो लुकाउने कुरा आउँदैन’, उनले भने, ‘नेपाली कांग्रेसको अहिलेको सारा आन्दोलनको उद्देश्य प्रतिनिधि सभा पुनःस्थापनाका लागि हो र प्रतिनिधि सभा पुनःस्थापना गरेरमात्रै कांग्रेसले विश्रान्ति लिन्छ ।’

दमौलीमा विभिन्न भ्रातृ संस्थाले संयुक्त रुपमा आयोजना गरेको विरोध सभामा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, जिल्ला सभापति बैकुण्ठ न्यौपाने, कार्यवहाक सभापति जितप्रकाश आले, नेपाल महिला संघ तनहुँकी सभापति पवित्र पौडेल लगायतका वक्ताहरुले प्रतिनिधि सभा विघटन नसच्चिए कांग्रेस कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker