सामाजिक न्यायका कार्यक्रमलाई प्राथमिकता दिंदै आएका छौ : नगरप्रमुख न्यौपाने

दमौली : व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक न्यायका कार्यक्रमलाई नगरकार्यपालिकाको प्रथमिकता दिंदै आएको बताएका छन् । वडा नं. २ को केराबारीमा सञ्चालन गरिएको एकहप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमको शनिबार समापन गर्दै उनले सामाजिक न्यायका कार्यक्रमलाई राजनीतिक नजरले हेर्न नहुने बताए ।
‘समयसान्दर्भिक सीप तथा ज्ञान आर्जन गर्ने तालिम सञ्चालन भएको छ र यस्ता कार्यक्रमबाट सिकेको सीप र ज्ञानलाई आर्थिक उपार्जनमा जोड्नुपर्छ’, नगरप्रमुख न्यौपानेले भने, ‘नगरपालिकाले दलित, महिला, अपाङ्गता, ज्येष्ठ नागरिक, बालबालिका लगायतका क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिंदै आइएको छ र यस्ता सामाजिक न्यायसंग जोडिएका कार्यक्रमलाई प्रभावकारी बनाउन सबैसंग हातेमालो तथा सहकार्य गर्न हामी तयार छौं ।’
नगरप्रमुख न्यौपानेले महिलाहरुलाई आर्थिक सशक्तिकरण तर्फ उन्मुख गराउन यस्ता कार्यक्रम उपलब्धी मुलक हुने चर्चा गर्दै एडभान्स फेशन डिजाइनका तालिममात्र नभई आगमि दिनमा फेशन प्रदर्शनी गरी आफ्नो कला कौशल देखाउन तर्फ पनि आवश्यकता रहेको बताए ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, राष्ट्रिय महिला उद्यमी समिति तनहुँकी अध्यक्ष वसन्ति जोशी श्रेष्ठको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा नेपला कपडा तथा सिलाई व्यवसायी महासंघका स्थायी कमिटी सदस्य किसानसेवा परियार, व्यास–२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका विशिष्ट सल्लाहकार नरेन्द्र मित्रकोटी, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्ण अधिकारी, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँका अध्यक्ष रामबहादुर गुइदेल, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेश संयोजक ममता बस्याल लगायतले चुलोचौकामा सिमित भएका महिला दिदीबहिनीहरु सीपमुलक तालिम प्रदान गरी स्वरोजगार तथा आर्थिक सशक्तिकरणमा अगाडि बढाउन टेवा पु¥याउन आग्रह गरेका थिए ।
आधारभूत तहको तालिम लिई सिलाई व्यवसाय गर्दै आएका महिलाहरुलाई पुनःताजकि तालिम अन्तर्गत ‘सीप विकास सम्बन्धी कार्यक्रम’ गरिएको र उक्त तालिममा तनहुँका आँवुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिकाका गरी ४३ जना महिलाहरुको सहभागिता रहेको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker