व्यास नगरपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरमा ७८५ जनाको आँखा परीक्षण

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरी ७८५ जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरेको छ । नगरपालिकाले गत मंगलबारबाट सञ्चालन गरेको चार दिने शिविरका क्रममा सबै वडाबाट ज्येष्ठ नागरिक आँखा जाँचका लागि आएका थिए । अन्तिम दिन शुक्रबार मात्र झण्डै दुइ सय ज्येष्ठ नागरिकले आँखा परीक्षण गराएका थिए ।

नगरपालिकाको शिविरमा औषधी तथा चस्मासमेत निःशुल्क पाइने भएकाले विभिन्न ठाउँबाट ज्येष्ठ नागरिक उपचारका लागि आएका थिए । त्यसक्रममा ६३ जना मोतियाबिन्दुका बिरामी भेटिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । नगरपालिकाले उनीहरु सबैलाई आईतबार अपरेशन शुल्क र खर्च समेत दिएर शल्यक्रियाका लागि पठाउने प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए । शिविरमा हिमालय आँखा अस्पतालका चिकित्सक डा. धर्मेन्द्र घोरासैनी नेतृत्वको टोली आँखा परीक्षण शिविरमा खटि्टएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker