भानुका शिक्षकलाई सूचना प्रविधि तालिम

तनहुँको भानु नगरपालिका वडा नं. १० स्थित रामपुरटार केन्द्रमा सञ्चालन गरिएको सुचना प्रविधि सम्बन्धी तीन दिने तालिममा सहभागि शिक्षकहरु । केन्द्रले आयोजना गरेको तालिममा नगरपालिकाको पूर्वि क्षेत्रका २५ जना प्रधानाध्यापक तथा शिक्षकहरु सहभागि रहेका छन् ।
उक्त तालिममा खैरेनी माध्यामिक विद्यालय खैरेनीटारका प्रधानाध्यापक केशबराज घिमिरे र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले सहजीकरण गरेका छन् । तस्विर : भञ्ज्याङ










