दमौलीको सफा सडक नमुना टोलको अध्यक्षमा कुमार मोहन

व्यास नगरपालिकाको दमौली स्थित सफासडक नमुना टोलको अध्यक्षमा कुमार मोहन श्रेष्ठ चयन भएका छन् । टोलको शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले कुमार मोहनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
टोलको उपाध्यक्षमा पबित्रा खनाल, सचिब रजिनलाल श्रेष्ठ, कोषाध्यक्ष सुदेव भुमी छन् भने सदस्यहरु शसिकला श्रेष्ठ, जुन नारायण श्रेष्ठ, बिन्दु कुमार श्रेष्ठ, शुभ श्रेष्ठ, बानेश्वर मल्ल चयन भएको बताइएको छ ।

कार्यसमितिमा नयाँ तीनजना सदस्यहरु पदाधिकारीको पहिलो बैठकले मनोनित गर्नेगरी पुरानै कार्यसमितिलाई र्सबसम्मत चयन गरिएको बताइएको छ ।










