फाेटाे फिचर
-
१६ कार्तिक २०८०, बिहीबार ११:४६पुनहिलबाट दृष्यअवलोकन गर्दे पर्यटकहरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल पुनहिलबाट बिहान हिमशृङखलाको अवलोकन गर्न पुगेका पर्यटकहरु । समुद्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको पुनहिलबाट हिमशृङखला र सुर्योदयको अवलोकन गर्न सकिन्छ । तस्विर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
१६ कार्तिक २०८०, बिहीबार ११:४४शुभकामना आदानप्रदान समारोह
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा बुधबार पार्टी कार्यालय ललितपुरको च्यासलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागयत नेताहरु । तस्बिर : प्रदीपराज वन्त/रासस
पुरा पढ्नुहोस -
१५ कार्तिक २०८०, बुधबार ११:१९मिर्लुङ भयेरको पूजा
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोट स्थित भयेर थान मन्दिरमा मंगलबार पञ्चवाली सहित पूजाअर्चनाका लागि पुगेको भक्तजनहरु । साउन, औसी, एकादेशी तिथी बाहेक हरेक हप्ताको मंगलबार यस मन्दिरमा पूजाअर्चना गर्ने गरिन्छ। तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ कार्तिक २०८०, बुधबार ११:०८माथिल्लो मनाङमा पर्यटक
अन्नपूर्ण पदमार्ग अन्तरगत मनाङको ङीस्याङ गाउँपालिका-४ हुम्डेहुँदै माथिल्लो मनाङतर्फ जाँदै गरेका बिदेशी पर्यटक । तस्बिर : नवीन लामिछाने/रासस
पुरा पढ्नुहोस -
१५ कार्तिक २०८०, बुधबार ११:०५थानीमाई मन्दिरमा फूलको डोली
भानु नगरपालिका-७ बसन्तरपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा फूलको डोली ल्याउने भक्तजनहरुको भिडभाड । कात्तिक महिनाको दोश्रो मंगलबार ७० फूलको डोली सहित भक्तजन पुजाअर्चना सहित मन्दिर पुगेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ कार्तिक २०८०, मंगलवार ११:३४धान थन्काउने चटारो
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित गहिरिखेतमा धान झाटेर थनकाउने तयारी गर्दै कृषक । चाडै पाक्ने धान खेती गरेका कृषकहरु दसैं पर्व मनाएसंगै धान थन्काउन व्यस्थ भएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ कार्तिक २०८०, सोमबार ११:०४कहिले बनिसक्छ यो पुल
तनहुँको व्यास नगरपालिको वडा नं. ३ को देउरालीनगर र वडा नं. १ को विज्ञानचौर जोडने बुल्दी खोलामाथि निर्माणाधीन पक्कीपुल । पुल नजिकै विद्युत् ट्रान्समिटर स्थान्तरण नहुँदा निर्माण कार्य रोकिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ कार्तिक २०८०, सोमबार १०:५८माझीकुना
पोखरा महानगरपालिका-३१ बेगनास ताल किनारमा अवस्थित माझीकुना । घुमफिरसँगै माछाका परिकारका लागि माझीकुना प्रख्यात छ । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
१३ कार्तिक २०८०, सोमबार १०:५७धादिङको तरकारी दमौलीमा
धादिङको फिस्लिङबाट तरकारी ल्याई तनहुँको दमौलीमा बिक्री वितरण गर्दै व्यापारीहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस