फाेटाे फिचर
-
१९ माघ २०७९, बिहीबार १२:३९आमाहरुलाई स्वास्थ्य सचेतना
तनहुँको भानु नगरपालिका-१२ कवाजित स्थित सामुदायिक स्वास्थ्य इकाइमा स्थानीय महिलाहरुलाई सरसफाई तथा स्वास्थ्य सम्बन्धी सहजिकरण गर्दै स्वास्थ्यकर्मी । उक्त स्वास्थ्य इकाइले सो अवसरमा माघ महिनाको नियमित खोप कार्यक्रम संचालन, २ बर्षमुनिका बालबालिकाहरुको तौल मापन, आमाहरुलाई सरसफाई सम्बन्धि जानकारी दिइएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ माघ २०७९, बिहीबार १२:२५गाउँबाट देखिएको बजार
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरबाट देखिएको सदरमुकाम दमौली बजार, मादी र सेती नदीको संगमस्थल, व्यास परासर क्षेत्र । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ माघ २०७९, बुधबार ११:४०हाँडिमा मकै भुट्दै
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरको लोक्माका एक वृद्ध दिउँसोको खाजाका लागि हाँडिमा मकै भुट्दै । चाऊचाऊ तथा तयारी खानाको प्रयोग बढ्दै जाँदा पछिल्लो समय गाउँघरमा पनि मकै, भट्टमास भुटेर खाने प्रचलन लोप हुँदै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ माघ २०७९, बुधबार ११:३३काठको ठेकी
तनहुँको व्यास नगरपालिका-३ स्थित पराशर चोकमा काठको ठेकी खरिद बिक्री गरिदै । दूध, दही र मोही राख्न ठेकी प्रयोग गरिने भएपछि पछिल्लो समय प्लाष्टिक तथा अन्य भाडाकुडाको प्रयोग बढ्दै जाँदा ठेकी उत्पादन कम हुने गरेको छ । तस्विर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
१७ माघ २०७९, मंगलवार ११:४२टोलमै भत्ता पाउँदा खुसी
तनहुँको आावुखैरेनी गाउँपालिका-१ तिलडाँडा स्थित देवीडाँडा आमा समुहको भवनबाट सहजै सामाजिक सुरक्षा भत्ता बुझेपछि प्रसन्न मुद्रामा स्थानीय एक वृद्धा । गाउँपालिकाले जनताको वरिपरि सेवा अभियान अन्तर्गत प्रत्येक वडाको टोलटोलमा पुगेर बैंक मार्फ दोश्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । तस्विर :…
पुरा पढ्नुहोस -
१७ माघ २०७९, मंगलवार ११:३७पोलेको मकैको व्यापार
तनहुँको दमौली स्थित प्रशासन चोकमा हरियो मकै पोलेर बिक्री वितरण गर्दै महिलाहरु । चितवनमा उत्पादित मकै खरिद गरी महिलाहरुले पोलेर बिक्री वितरण गर्ने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ माघ २०७९, सोमबार ११:२४तरकारी खेती अनुगमन
तनहुँको भानु नगरपालिका-१ सालबिस्नेका कृषकले गरेको सामुहिक तरकारी खेतीको अनुगमन गर्दै वडाध्यक्ष कान्छीमाया तामाङ सहितको टोली । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ माघ २०७९, सोमबार ११:१५छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०७९
तनहुँको भिमाद नगरपालिकाले सञ्चालन गरेको छैटौं भिमाद मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०७९ मा सहभागि भएका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरु । उक्त प्रतियोगितामा जनज्योति मावि प्रथम, अमर भूपू द्वितीय हुन सफल भएका छन् । प्रतियोगिताको छात्र भलिवल तर्फअमर भू.पु. बोर्डिङ्ग स्कुल प्रथम, जनज्योति मा.वि. द्वितीय…
पुरा पढ्नुहोस -
१५ माघ २०७९, आईतवार ११:४८विद्यार्थीको साँस्कृतिक नृत्य
निजी विद्यालयको छाता संस्था एनप्याब्सन तनहुँले दमौलीमा सञ्चालन गरेको दशौं खेलकुद महोत्सव उद्घाटन समारोहका अवसरमा गरेको प्रभातफेरीमा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यसहित आयोजित खेलकुद महोत्सवमा एनप्याब्सनसँग आबद्ध २७ विद्यालयको सहभागिता रहेको छ । शनिबारसम्म…
पुरा पढ्नुहोस