फाेटाे फिचर
-
२ मंसिर २०७९, शुक्रबार ११:३९काउली देखाउँदै विद्यार्थी
म्याग्दीको मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक कृषि अन्तर्गत विद्यालयको करेसाबारीमा फलाएको काउली देखाउँदै विद्यार्थी । तस्विर : ध्रुवसागर शर्मा/रासस
पुरा पढ्नुहोस -
२ मंसिर २०७९, शुक्रबार ११:३८पाकेको धान थन्काइदै
तनहुँको व्यास नगरपालिका-५ श्याम्घा फाँटका कृषकहरु पाकेको धान थन्काउँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ मंसिर २०७९, बिहीबार ११:५२मतदान केन्द्र जाँदै म्यादी प्रहरी
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका म्यादी प्रहरी बुधबार मतदान केन्द्रमा जाने तयारी गर्दै । तनहुँमा निर्वाचनका लागि १ हजार ३९२ जना म्यादी प्रहरी खट्टएिका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० कार्तिक २०७९, बुधबार ११:५६खेतबारीमै उम्मेदवार
नेकपा (एमाले)का तर्फबाट तनहुँ-१ प्रदेशसभा २ का उम्मेदवार पूर्ण बहादुर बन्दिपुर गाउँपालिकाका मतदातासंग भोट माग्दै । पाकेको धान कोदो थन्काउन तथा आलु, तोरी, गाहुँ खेती लगाउन व्यस्थ भएका कृषकहरु घरमा भेटिन छाडेपछि उम्मेदवारहरु खेतबारीमै पुगेर आ-आफ्नो पक्षमा भोट माग्न थालेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० कार्तिक २०७९, बुधबार ११:४०घरदैलोमा उम्मेदवार
बाम-लोकतान्त्रिक गठबन्धनबाट तनहुँ-१ प्रदेशसभा २ का नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि चुमान मतदाताको समस्या बुझ्दै । उम्मेदवार चुमानले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुगि भोट माग्न व्यस्थ छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० कार्तिक २०७९, बुधबार ११:३७भोट माग्दै खलोमा
बाम-लोकतान्त्रिक गठबन्धनबाट तनहुँ-१ प्रदेशसभा १ का नेपाली कांग्रेसका उम्मेदवार अशोक कुमार श्रेष्ठ भानु नगरपालिका-७ का मतदातासंग भोट माग्दै । धान थनकाउने चटारोमा रहेका मतदातालाई घरमा नभेटेपछि उम्मदेवार श्रेष्ठ कृषकको खेतखलोमै पुगेर भोट माग्न व्यस्थ छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ कार्तिक २०७९, मंगलवार ११:१०हामीलाई भोट दिनुस्
नेकपा (एमाले)को तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार एक बहादुर राना र प्रदेशसभा १ का उम्मेदवार रामबहादुर गुरुङ सोमबार व्यास नगरपालिका-९ का मतदाताको घरदैलोमा पुगि भोट माग्दै । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु अहिले आ-आफ्नो पक्षमा…
पुरा पढ्नुहोस -
२९ कार्तिक २०७९, मंगलवार १०:५७उम्मेदवारको घरदैलो
नेकपा (एकीकृत समाजवादी) का तर्फबाट तनहुँ १ प्रदेश १ का उम्मेदवार विद्या ढकाल सोमबार बिहान व्यास नगरपालिका-३ मा घरदैलो गर्दै । बाम-लोकतान्त्रिक गठबन्धनले समाजवादीलाई तनहुँमा एउटा पनि उम्मेदवार नदिएपछि ढकालले उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएका हुन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ कार्तिक २०७९, मंगलवार १०:५५गर्भवती महिलालाई पोषणयुक्त खाना
तनहुँको भिमाद नगरपालिका-३ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई कुखुराको भाले, गर्भवती महिला र कुपोषित बच्चालाई अण्डा वितरण कार्यक्रममा सहभागि भएका स्थानीय लाभग्राहीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस