फाेटाे फिचर
-
२४ असार २०७९, शुक्रबार ११:२८दुइ पालिका जोड्ने झोलुङ्गे पुल उद्घाटन
तनहुँको व्यास नगरपालिका-६ र म्याग्दे गाउँपालिका-७ जोड्ने साँगेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुन बुधबार संयुक्त रुपमा उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । ४३ लाख १० हजार ६१ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको हो । तस्विर :…
पुरा पढ्नुहोस -
२३ असार २०७९, बिहीबार ११:२९स्वास्थ्य केन्द्रमा प्रयोगशाला
तनहुँको भिमाद नगरपालिका-९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनमा ल्याइएको प्रयोगशाला । वडा कार्यालयको करिब ४ लाख रुपैयाँको लागतमा प्रयोगशाला बनाइएको हो । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ असार २०७९, बुधबार ११:२२तनहुँ कालिका मन्दिर
तनहुँको व्यास नगरपालिका-४ स्थित शहीद जंगल पार्कभित्र निर्माण गरिएको तनहुँ कालिका मन्दिर । करिब तीन करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ असार २०७९, बुधबार ११:०८निवेदन दर्ताको निस्सा
तनहुँको आँवुखैरेनी गाउँपालिका-२ का भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अब्यबस्थित बसोबासीहरूलाई निबेदन दर्ताको निस्सा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुक्र चुमान र राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ असार २०७९, मंगलवार ११:४४राजमार्ग विस्तार
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-५ स्थित याम्पामा रिटेनिङ्ग वाल लगाउँदै मजदुर । पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक बिस्तार कार्यलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ असार २०७९, मंगलवार ११:३९धानको बीउ उखेल्दै किसान
तनहुँको व्यास नगरपालिका-१ मा रोपाइँ गर्नका लागि धानको बीउ उखेल्दै किसान । जिल्लामा यतिबेला धमाधम रोपाइँ चलिरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२० असार २०७९, सोमबार ११:१८विज्ञान प्रयोगशालामा विद्यार्थी
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालामा अध्ययन गर्दै कक्षा-३ का विद्यार्थी । विद्यालयले पाठयपुस्तक सहित प्रयोगात्मक शिक्षालाई समेत प्राथमिकताका साथ पठनपाठन गराउने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० असार २०७९, सोमबार ११:१५दलित संग्रहालय
लमजुङको बेंसीशहर नगरपालिका-३, गाउँशहरमा रहेको दलित संग्रहालय । यस संग्रहालयमा दलित समुदायको संस्कार संस्कृति तथा पहिचान झल्कने सामग्री राखिने भएको छ । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
२० असार २०७९, सोमबार ११:१४विजयीको खुशियाली
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आइतबार सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम हुन सफल व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका खेलाडी बजार परिक्रमा गरी खुशियाली साट्दै । प्रतियोगितामा व्यास नगरपालिका २२ स्वर्ण, १७ रजत र १० कास्य पदक सहित प्रथम भएको छ । यस्तै,…
पुरा पढ्नुहोस