फाेटाे फिचर
-
२४ बैशाख २०७८, शुक्रबार ११:२६ग्राहकको प्रखाइ (फोटोफिचर)
तनहुँको दमौली स्थित ट्राफिक चोकको सडक पेटीमा हरियो मकै तथा तरकारी बिक्रीका लागि लिएर बसेका व्यापारिहरु । बुधबार रातीदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएपछि तरकारी तथा खाद्यन्न खरिद बिक्रीका लागि बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म व्यापार व्यवसाय खुल्ला गर्न पाउने…
पुरा पढ्नुहोस -
२३ बैशाख २०७८, बिहीबार १२:१५तयारी भयो आइसोलेसन कक्ष (फोटोफिचर)
तनहुँको शुक्लागण्डकी नगरपालिका वेलचौतरा स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा तयार गरिएको आइसोलेसन कक्ष । जिल्लाका १० वटै पालिकाको लागत सहभागितामा निर्माण गरिएको भवनमा ३० बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ बैशाख २०७८, बिहीबार ११:४५मास्क लगाउनुस
तनहुँको दमौलीमा बुधबार कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट सुरक्षित रहन अनिवार्य मास्क लगाउन अनुरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीले सञ्चालन गरेको सचेतना कार्यक्रममा सहभागिहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ बैशाख २०७८, बुधबार १२:४१स्वास्थ्य सुरक्षामा ध्यान दिऊ
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार बजार क्षेत्रमा कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन अनिवार्य रुपमा मास्क लगाउन तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सचेत गाराउँदै स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु । जिल्लाको अन्य पालिका मध्य शुक्लागण्डकी नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । तस्विर…
पुरा पढ्नुहोस -
२२ बैशाख २०७८, बुधबार १२:२७देवघाट प्रवेश मुख्य नाका हेल्प डेक्स
तनहुँको देवघाट गाउँपालिका प्रवेश गर्ने मुख्य नाका पुरानो झोलुङ्गे पुलमा देवघाट इलाका प्रहरी, देवघाट गाउँपालिका नगर प्रहरी, देवघाट सामुदायिक प्रहरी साझेदारी र स्थानीय युवाहरूको सक्रियतामा सञ्चालनमा ल्याइएको हेल्प डेक्स । कोभिड-१९ कोरोना भाईरस संक्रमण फैलदै गएकाले गाउँपालिका क्षेत्रलाई कसरी सुरक्षित राख्न सकिन्छ र रोकथामका लागि…
पुरा पढ्नुहोस -
२१ बैशाख २०७८, मंगलवार ११:१४स्वास्थ्य परीक्षणका लागि पालो कुर्दै
तनहुँको दमौली स्थित दमौली अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पालो कुर्दै बसेका सेवाग्राहीहरु । अस्पतालमा दैनिक तीन सय जना बढी सेवाग्राहीहरु स्वास्थ्य परीक्षणका लागि आउने गरेपछि पछिल्ला समय कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएपछि अस्पताल आउनेको संख्या घट्दै गएको अस्पताल प्रशासनले जनाएको छ । तस्विर :…
पुरा पढ्नुहोस -
२० बैशाख २०७८, सोमबार ११:२८शुक्लागण्डकीमा स्वाब संकलन
तनहुँको शुक्लागण्डकी नगरपालिकामा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । कन्ट्याक्ट ट्रेसिङका आधारमा नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार ६६ जनाको स्वाब संकलन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० बैशाख २०७८, सोमबार ११:२६घुमाउने घाटमा कहिले बन्छ पुल
तनहुँ र चितवन जोड्ने बुद्धसिं मोटरमार्ग स्थित घुमाउनेघाटमा निर्माण गर्न लागिएको पक्कि मोटरेवल पुल । समयमै पक्कि पुल निर्माण नहुँदा र सडकको स्तरोन्नति नहुँदा यस क्षेत्रका बासिन्दाले सास्ति झेल्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ बैशाख २०७८, आईतवार ११:१७कोरोना संक्रमणबाट सुरक्षित हुन मास्क लगाऔं
तनहुँको बन्दिपुर गाउँपालिकाको बन्दिपुर बजारमा मास्क लगाएर बसेका बालबालिकाहरु । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै जिल्लामा अनिवार्य रुपमा मास्क लगाउन अभियानकै रुपमा सचेतना फैलाउन थालिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस