अर्थ
-
तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु
तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा आजदेखि पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना, पर्यटकीय स्थलको प्रचारप्रसार, कृषि तथा हस्तकलाको प्रर्दशनी र प्रवद्र्धन गर्ने उद्देश्यसहित झोर्ले गणेश युवा क्लबको आयोजनामा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । उक्त महोत्सव आगामी चैत १ गतेसम्म सञ्चालन हुनेछ…
पुरा पढ्नुहोस -
सडक स्तरोन्नतिका लागि व्यासलाई ७५ करोड, शुक्लागण्डकीलाई ५९ करोड रुपैंया सहयोग
तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले सडकको स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त गरेका छन् । विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा व्यासले ७५ करोड ३ लाख रुपैयाँ र शुक्लागण्डकीले ५९ करोड रुपैयाँको योजना सञ्चालनका लागि सहयोग सम्झौता गरेका छन् । व्यास नगरपालिकाका ३ वटा मुख्य सडकको…
पुरा पढ्नुहोस -
नारेश्वर ताल निर्माणका लागि एक करोड ३७ लाख मुआब्जा वितरण
तनहुँको व्यास नगरपालिकाले नारेश्वर ताल निर्माणका लागि जग्गाधनीहरुलाई मुआब्जा वितरण गरेको छ । नगरपालिकाले वडा नं. १० स्थित दुम्सीचौर क्षेत्रमा निर्माण गर्ने तयारी गरेको नारेश्वर तालका लागि स्थानीयसँग एक करोड ३७ लाख ८६ हजार रुपैयाँमा जमिन खरिद गरेको छ । स्थानीयका तर्फबाट नगरपालिकाले बुझाएको लाभ करसहित यो रकम एक करोड…
पुरा पढ्नुहोस -
व्यासले सडक बोर्डबाट १ करोड १५ लाख पायो, ९ करोड २२ लाख आन्तररिक आय
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षका लागि सडक बोर्डबाट १ करोड १५ लाख रुपैयाँ रकम प्राप्त गरेको छ । उक्त प्राप्त रकमबाट ३० प्रतिशत लागत सहभागिताबाट नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७, १० र ११ अन्तरगतका सडक, नाला, कल्भर्ट मर्मत कार्य यसैवर्ष सम्पन्न गर्ने…
पुरा पढ्नुहोस -
पर्यटन पूर्वाधार अन्तरगत तनहुँका दुइ वटा योजनालाई ७/७ करोड बिनियोजन
भञ्ज्याङ समाचारदाता (दमौली) गण्डकी प्रदेशको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँका दुइ वटा पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्न ७/७ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले प्रदेशका १५ वटा योजनामा स्थानीय तहको सझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी करिब ६८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको हो ।…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको एक वडा विभाजन, तीन वडाको सिमाना हेरफेर गर्ने तयारी
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले वडा विभाजनका साथै केही वडाका सिमाना हेरफेर गर्ने तयारी गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न ३४औं नगरसभाले वडा नं. ६ लाई विभाजन गर्ने र वडा नं. ८ र ९ को केही क्षेत्रलाई अन्य वडामा समायोजना गरी वडाहरुको सिमाना हेरफेर तथावडा विस्तार गर्ने निर्णय गरेको…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको ३४औं नगरसभा
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले ३४औं नगर सभा शुरु गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतमा मंगलबारबाट शुरु भएको नगर सभामा चालु आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम एवं बजेटका विषयमा छलफल गरिएको छ । सभामा नगरप्रमुख न्यौपानेले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सम्बन्धी समिक्षा विवरण…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको प्रथम चौमासिकको सार्वजनिक सुनवाइ
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सम्पादन भएका सेवा तथा योजनाहरुको सार्वजनिकिकरण गरेको छ । कार्यालय प्राङ्गणमा मंगलबार ‘जनतासंग स्थानीय तह’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी सम्पादन भएका कार्यक्रम सार्वजनिक तथा नागरिकका जिज्ञासाको सहजिकरण गरिएको छ । व्यास नगरपालिकाको आयोजना तथा महिला शसक्तिकरण सञ्चार…
पुरा पढ्नुहोस -
बजेटको कार्यान्वयन सम्बन्धमा गण्डकी प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
भञ्ज्याङ समाचारदाता (पोखरा) गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा बजेट कार्यान्वयन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धमा छलफल भएको छ । बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै प्रदेशसभा सदस्य ललितकला गुरुङले बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । सरकारका तीनवटा बजेट सन्तोषजनक नदेखिएको बताउँदै उहाँले यस वर्ष बजेट कार्यान्वयन नहुनुमा कोरोनालाई…
पुरा पढ्नुहोस -
बन्दिपुरको प्रथम चौमासिक सार्वजानिक सुनुवाइ, सम्पादित विवरण सार्वजनिक
शिवकुमार श्रेष्ठ (बन्दिपुर) तनहुँको बन्दिपुर गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले आइतबार कार्यालयमा सार्वजानिक सुनुवाई कार्यक्रम गरी यस अबधिमा सम्पादन गरिएका कार्यक्रम तथा विवरणहरु सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागि अधिकांस वक्ताहरुले कार्यालयबाट प्रदान गरिएको सेवाहरूको उच्च मूलयाङ्कन गर्दै समग्र बन्दिपुरको पर्यटन, स्वास्थ्य,…
पुरा पढ्नुहोस