दमौली खानेपानीमा बुद्धिमान

तनहुँको दमौली बजारमा खानेपानी वितरण गर्दै आएको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित श्रेष्ठले १०५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी माधवप्रसाद अधिकारीले ७४, राजकुमार श्रेष्ठले ३४ र टुकबहादुर हमालले २३ मत प्राप्त गरेका थिए ।

अधिवेशनबाट कोषाध्यक्षमा चिरौकाजी बतास निर्वाचित भएका छन् । उनले १३७ र दीर्घबहादुर थापाले ७९ मत प्राप्त गरेका छन् । यसअघि संस्थाको उपाध्यक्षमा विश्व सुवेदी र सचिवमा योगिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा महिलातर्फ मिनका रिमाल कट्टेल, केश कुमारी राना, दिपा श्रेष्ठ र खुल्ला सदस्यहरुमा सूर्यभक्त अधिकारी, सुरेश अधिकारी, टिका गिरी, मिनराज न्यौपाने र हुमराज पन्थ निर्वाचित भएका छन् । २६६ मतदाता रहेकामा मतदानमा २६१ मत खसेको निर्वाचन प्रबन्ध समिति संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker