तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लाण्ट जडानको तयारी अन्तिम चरणमा

तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

“कहाँनेर राख्ने भनेर ठाउँ हेरेका छाँै, सम्झौता भएको कम्पनीले शुक्रबारसम्म जडान गरिदिने प्रतिबद्धता जनाएको छ”, अधिकारीले भन्नुभयो । प्लान्टबाट उत्पादित भएको अक्सिजन प्रत्येक बिरामीको श्ययामा विस्तार गरिनेछ । तत्कालका लागि सिलिण्डरमा भर्ने नभई पाइपलाइनमार्फत श्ययासम्म विस्तार गरिने अधिकारीले बताउनुभयो ।

प्लान्ट स्थापनाका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष अस्पताललाई रु ७० लाख विनियोजन गरेको थियो । सङ्घीय सरकारमार्फत केही दिनअघि मात्रै रु ३० लाख विनियोजन भएको छ । प्लान्ट निर्माणका लागि अस्पतालले जयशङ्कर प्रालिसँग सम्झौता गरेको थियो ।

कोरोना सङ्क्रमण दिनप्रतिदिन बढिरहेका बेला सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिको प्रसङ्ग चलिरहेको छ । गत वर्षको कोरोना कहरका बेला पनि यही प्रसङ्ग चर्चामा आएको थियो । अस्पतालको स्तरोन्नतिका लागि वर्तमान समिति पनि विगतदेखि नै लागिरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिँदा पनि कुनै परिणाम प्राप्त नभएको जानकारी दिनुभयो । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा अनेकौँ पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि शून्यकै स्थिति रहेको अधिकारीले बताउनुभयो ।

“विभिन्न ठाउँका विभिन्न कित्ताका सार्वजनिक र विभिन्न सरकारी कार्यालयको अनुत्पादक जग्गा पहिचानसहित सम्बन्धित निकायमा लगियो तर परिणाम हात लाग्यो शून्य”, उहाँले भन्नुभयो, “मौजुदा नियम कानूनले छेक्ने कुरा बारम्बार सुन्दा कानै पट्याए ।” जनताको आवश्यकताका पछाडि नियम कानून बाधक छन् भने त्यसलाई परिवर्तन गर्नुपर्ने अधिकारीको सुझाव छ ।

“अस्पताल सञ्चालनका लागि अस्पताल परिसरमा निर्माण भएको नयाँ भवन पाउनका लागि तारन्तर नलागेको होइन, महिला तथा बालबालिका कार्यालय लागि तयार भवन पनि मागियो, तर उपलब्धि भएन”, उहाँले भन्नुभयो, “जग्गाको हकमा पछि बल्लबल्ल जिल्ला समन्वय समितिले चार रोपनी जग्गा उपलब्ध गराई सहयोग गरेको छ ।” सोही जग्गामा अस्पताल भवन बनाउन डिपिआर भइरहेको अधिकारीको भनाइ छ ।

विसं २०६२ मा आफ्नै स्रोत साधन प्रयोग गरी ५० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति पाए पनि अस्पताल समितिले सञ्चालन गर्न सहज नभएको अधिकारीको बुझाइ छ । वर्तमान अवस्थामा पनि अस्पतालले केही उल्लेख्य प्रगति गरेको अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटरसहित आइसीयूकक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ।  रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker