दुर्घटनाका कारण अवरुद्ध पृथ्वी राजमार्ग पाँच घण्टा पछि खुल्यो

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा ग्यास बुलेट र ट्रक ठोकिएर सडकमै पल्टिदा अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब पाँच घण्टा पछि एकतर्फी सञ्चालनमा आएको छ ।

डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग१ख ७१०१ नम्बरको ट्रक र सोही दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको ००६एयु ०१९९७ नम्बरको ग्यास बोकेको बुलेट ठोकिएर सडकै पल्टिन पुगेका थिए ।

शनिबार बिहान करिब ९:३० बजेको समयमा भएको उक्त दुर्घटनाका कारण अवरुद्ध राजमार्ग डुम्रेको यान्त्रिक कार्यालयको क्रेनको सहायताले सडक खुलाइएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।एलपी ग्यासले भरिएको बुलेट बुलेट हटाउन नसकिएका र ट्रकलाई क्रेनको सहायताले हटाएपछि अहिले एकतफिर् रुपमा राजमार्ग सुचारु गरिएको तनहुँले प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker