के हो पेप्टिक अल्सर ?

अनलाइनखबर

पेटमा म्युकसको एक चिल्लो पत्र हुन्छ जसले भेटको भित्री पत्रलाई पेप्सिन र हाइड्रोक्लोरिक एसिडको कडापनबाट बचाँउछ । यो एसिडको विशेषता भनेको यो पाचनको लागि आवश्यक हुन्छ तर यहि एसिड शरीरका अन्य तन्तुको सिधा सम्पर्कमा आएमा त्यसले नोक्सान पनि हुन्छ ।

यो एसिड र म्युकस पत्रको बीचमा तालमेल हुन्छ । यो तालमेल बिग्रिएपछि अल्सर हुन्छ । व्यक्तिमा शारीरिक वा भावनात्मक तनाव पहिलेदेखि नै छ भने यसले पेप्टिक अल्सरलाई बढाउन सक्छ ।

त्यस्तै केही औषधिको लगातार प्रयोग जस्तो दुखाई निवारक औषधिको कारणले पनि अल्सर हुन सक्छ । सामान्य रुपमा अल्सर नली पेट र सानो आन्द्राको माथिल्लो भागको झिल्लीमा हुन्छ ।

अल्सरको कारण एच पायलोरी ब्याक्टेरिया

पेप्टिक अल्सरको सबैभन्दा प्रमुख कारण एच पायलोरी ब्याक्टेरिया हो । खानपान र पेटमा एसिड बन्नाले मात्रै पेप्टिक अल्सर हुँदैन बरु यसको लागि एच पायलोरी ब्याक्टेरिया पनि दोषी छ ।

यो ब्याक्टेरिया दिशा र फोहोर पानीबाट फैलन्छ । वर्षातको मौसममा दुर्गन्धको समस्या अरु मौसममा भन्दा धेरै हुन्छ । शारीरिक सक्रियता कम हुने र रोग प्रतिरोधी तन्त्रमा हुनेवाला परिवर्तन पनि यो ब्याक्टेरिया बनाउन सहायक हुन्छ ।

धेरै तारेका चिल्लो र मसालेदार खानाको साथै चिया कफीको धेरै सेवन गर्नाले पनि पेटमा एसिडको स्तर बढाउँछ ।अल्सरको लक्षणमा एसिडिटी हुने, पेट फुल्ने, ग्याँस बन्ने, पखाला लाग्ने, कब्जियत, वान्ता हुने आदि प्रमुख हुन ।

पेप्टिक अल्सर भएमा श्वासप्रश्वासमा पनि समस्या हुन्छ । पाचनमा समस्याको कारण कहिलेकाँही एसिड आहारनलीमै आउँछ । जसले टाउको दुख्ने र दुखाई महसुस हुन्छ र यस्तो लाग्छ कि मुटु सम्बन्धी कुनै रोग लागेको छ । यसको असर घाँटी, दाँत, श्वास आदिमा पर्न थाल्छ ।

समयमै उपचार गर्नु जरुरी

पेप्टिक अल्सरको कारण एनिमिया, दिशा गर्दा रगत आउने हुन्छ र लामो समयसम्म अल्सर निको नभएमा पेटको क्यान्सरको आशंका पढ्छ । आन्तरिक रक्तश्राव हुने कारणले शरीरमा रगतको कमी हुन्छ ।

पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्छ जसले आन्द्रामा गम्भिर संक्रमणको खतरा बढ्छ । पेप्टिक अल्सरले पेटको तन्तुहरुलाई पनि क्षतिग्रस्त गर्न सक्छ जसले पाचन मार्गमा भोजन प्रवाहमा बाधा पुर्याउँछ यसै कारण पेट छिटै भरिने उल्टी हुने र तौल कम हुने समस्या हुन्छ ।

के नगर्ने ?

–पेप्टिक अल्सरबाट बच्न छ भने धुम्रपान नगर्नुहोस् ।

–तमाखुयुक्त पदार्थबाट टाढै रहनुहोस् ।

–मांसाहार, क्याफित तथा मदिराको सेवन नगर्नुहोस् ।

–चिल्लो, पिरो र मसालेदार भोजबाट बच्नुहोस्

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker