दाताको सहयोगमा एम्बुलेन्स खरिद गरी सेवा शुरु
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले खरिद गरेको एम्बुलेन्सको सेवा शुरु गरिएको छ । विभिन्न सुभेच्छुकहरुले गरेको सहयोगबाट करिब १३ लाख ६६ हजार ५६० रुपैयाँका लागतमा एम्वेलेन्स सेवा शुरु गरिएको बताइएको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एम्बुलेन्स सेवा शुरु गर्दै अभियानले सार्थकता पाएकोमा अभियानकर्मीलाई प्रशंसा गरे। उनले स्वास्थ्य सेवालाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउँदै कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन सबै सचेत बनि हातेमालो गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा व्यास नगर उपप्रमुख मिरा जोशीले अति विपन्न व्यक्तिहरुका लागि निःशुल्क सघाउन भन्दै त्यसमा नगरपालिकाको सदैव साथ रहने प्रतिवद्धता जनाइन् ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरेले सेवाको सराहना गर्दै उपशाखालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । व्यास-१० का वडाध्यक्ष तुलसीराम सापकोटाले सोसाइटीको काम प्रशंसनीय रहेको भन्दै वडाले सधैं साथ दिने प्रतिवद्धता जनाए ।
सोर्साईटी उपशाखा सभापति रामदत्त पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सोसाइटी जिल्ला शाखा तनहूँका सभापति कृष्णहरि वाग्ले, मन्त्री चिनु पोखरेल, शिक्षक महासंघका जिल्ला अध्यक्ष रामचन्द्र पोखरेल, निजामती कर्मचारी युनियन संघ तनहुँका अध्यक्ष नारायणप्रसाद अधिकारी, ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष सूर्यचन्द्र हड्खले, तनहुँ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष यज्ञप्रसाद शर्मा, दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तुलसीराम सुवेदी, शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष प्रेमराज मिश्र लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
सोसाइटीको एम्बुलेन्स अभियानका संयोजक इश्वर पौडेलले छोटो अवधिमै धेरै क्षेत्रबाट उत्साहप्रद सहयोग जुटेको बताए। एम्बुलेन्स अभियानका सचिव श्रीकृष्ण आचार्यले हालसम्म २९ लाख ९ हजार ७५६ रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको र एम्बुलेन्समा १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको जानकारी गराए ।
उपशाखाका सचिव याम प्रसाद सापकोटाले म्बुलेन्स सेवाले कोभिड संक्रमित बिरामीहरुलाई ५०%, अपाङ्गता भएका व्यक्तिहरूलाई ५०% तथा सुत्केरीहरुका लागि २०% छुट दिने निर्णय गरेको बताए ।










