कांग्रेस व्यास नगर सभापतिमा उम्मेदवारी दिने पौडेलको घोषणा

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसंगै तनहुँमा पनि चुनावी सरगर्मी शुरु भएको छ । महाधिवेशनको मिति तोकिएसंगै पदका आकांक्षिका विषयमा चर्चा चल्नुका साथै आकांक्षिहरुले पनि उम्मेदवारी दिने घोषणा गर्न थालेका छन् । निर्वाचन नजिकिदै जाँद नेतृत्वका लागि उम्मेवदारी घोषणा गर्ने क्रममा नेपाली कांग्रेस व्यास नगर समितिको सभापति पदका आफु सक्षम भएको भन्दै हरिदत्त पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दमौलीमा सोमबार सञ्चारकर्मीसंग भेटघाट गर्दै पौडेलले आगामि साउन १६ गते हुने नगर अधिवेशनमा सभापतिमा उम्मेदावरी दिने घोषणा गरेका हुन् । जिल्लाको सामाजिक क्षेत्रमा सक्रिय भई काम गर्ने इच्छा रहेकाले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको उनले बताए ।

तनहुँमा नेपाली कांग्रेसलाई एक बनाउन मेरो क्षमता र दक्षता प्रयोग गर्ने सोचका साथ अगाडि आएको बताउँदै उनले आफु नगरको १४ वटै वडाका हरेक बस्तीबस्तीमा पुगेको र जिल्लामा कमजोर बनेको पार्टीलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य रहेको पौडेलले बताएका छन् ।

वि.सं. २०२६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेको बताउने पौडेल सरकारी जीवनका शुरुवातसंगै केही समय निष्कृय रहेका थिए । पौडेल नेपाल इन्जिनियर्स एशोसिएसन, इन्जिनियरिङ काउन्सलिङ, नेपाल निजामती कर्मचारी युनियन संघ, कर्मचारी मिलन केन्द्र, रोटरी क्लव, लायन्स क्लव, कलेस्ती उपत्यका विकास समाज, नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभाग, बालबालिका तथा प्राथमिक शिक्षाको विज्ञ लगायतका विभिन्न क्षेत्रमा रहेर काम गरेको आफुसंग अनुभव रहेको बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker