लिंग पहिचान गरी हुने भ्रुणहत्या रोक्न सोचाइमा परिवर्तन आवश्यक

  • भञ्ज्याङ समाचारदाता (काठमाडौं)

जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकारलगायतले लिङ्ग पहिचान गरी हुने भ्रणहत्या रोक्न कानूनभन्दा पनि सोचाइमा परिवर्तन आवश्यक भएको बताएका छन् । सञ्चारिका समूह र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)ले बालिका दिवसका अवसरमा आइतबार आयोजना गरेको भर्चुअल सम्मेलनमा सहभागीले भएका कानूनको कार्यान्वयनमा समेत जोड दिएका छन् । सो अवसरमा नेपाली कांग्रेसका नेता एनपी साउदले नेपालमा प्रमुख पदहरुमा महिला पुगे पनि सबै सशक्त हुन नसकेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेत्री रामकमारी झाँक्रीले मेरो शरीर मेरो अधिकार भन्ने नारा लागु भएमा लिङ्ग पहिचान गरेर हुने भ्रुणहत्या रोक्न सकिने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारीले लिङ्ग पहिचान गरी हुने भु्रणहत्या दुर्गमभन्दा शहरी जिल्लामा व्यापक रहेको बताउँदै नेपालमा काठमाडौं, कास्की, चितवान लगायत जिल्लामा जन्मने शिशुमध्ये बालकको संख्या बालिका भन्दा धेरै रहेको जानकारी दिनुभयो। अधिवक्ता सबिन श्रेष्ठले राज्यले महिला र पुरुषभन्दा पनि नागरिकका रुपमा हेरेर समान अधिकार दिनुपर्नेमा जोड दिनुभयो । पर्साको पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले छोरी असुरक्षित हुने घटना बढिरहेकाले पनि धेरैले जन्माउन नचाहेको बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले व्यक्ति, समाज र राज्यले छोरा वा छोरीभन्दा पनि सन्तानका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker