फाटेको जिन्स : गरिबहरुको बाध्यता कसरी आधुनिक पुस्ताको फेसन बन्यो ?

भारतको उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले केही दिनअघि फाटेको जिन्सको बारेमा दिएको एक विवादित बयानपछि भारतीयहरुले ट्वीटरमा #rippedjeans रिप्ड जीन्स ट्रेन्ड सुरु गरे । तीरथ सिंहले ‘फाटेको जिन्स’ लगाउने महिलामाथि गरेको टिप्पणीले सामाजिक सञ्जालमा केटाहरुको समेत फाटेको जिन्सको फोटो ट्याग गर्न थाले।

यसरी रिप्ड जिन्सलाई लिएर चर्चा सुरु भएको छ । यहाँ रिप्ड जिन्सको बारेमा चर्चा गरिएको छ । त्यसो त जिन्स पाइन्ट लगाउने चलन निकै पहिलेदेखि नै चल्दै आएको हो । आज सायदै युवा पुस्ता होलान् जसले जिन्सको प्रयोग नगरुन् । अहिले बजारमा एक मात्रै नभएर कयौं प्रकारको रिप्ड जिन्सको प्रयोग पाउन सकिन्छ ।

गाउँदेखि लिएर शहरसम्म जिन्स लगाउने चलन : ‘ब्लु जिन्स’

मानव इतिहासबारे शोध गर्नेवाला डेनियल मिलर र सोफी बुडवर्डले आफ्नो पुस्तक ‘ब्लु जिन्स’ को लागि विश्व भ्रमणमा निस्किए । भारत, ब्राजिल, टर्की, आदि देशमा उनीले आधाभन्दा धेरैले जिन्स लगाउने गरेको भेटे ।

जिन्सको इतिहास

रिप्ड जिन्सको बारेमा जान्नुभन्दा पहिले हामी साधारण जिन्सको इतिहास पढौं । यसैगरी रिप्ड जिन्सको सुरुवात भयो। जसको आविस्कार १८७० मा भएको थियो । त्यसपछि जिन्स लगाउने प्रचलन सुरु भयो । साथमा जिन्सको माग बढ्दै गयो । किनकि मानिसलाई जिन्स धेरै मन पर्ने र लामो समयसम्म चल्ने पनि भएकोले यो बढी लोकप्रिय थियो ।

जर्मन व्यवसायी लोएब स्ट्राड्स नामक व्यक्तिले यस डिजाइन गरेका थिए । जसले आफ्नो नाम बदलेर लेभी राखेका थिए। यसपछि त्यो डेनिम ब्राण्डको फाउण्डर पनि थिए ।

रिप्ड जिन्सको इतिहास

रिप्ड जीन्सलाई फेशनको रुपमा विकास गर्न लामो समय लागेको छ । करिब १०० वर्षपछि १९७० मा रिप्ड जीन्सको बजारमा चर्चा सुरु भयो । त्यतिबेला फाटेको जिन्स धनी मानिसहरुले लगाएका थिएनन् ।

केही विदेशी फेसन वेबसाइटहरुका अनुसार, १९७० भन्दा पहिले फाटेको जिन्स गरिबहरुले लगाउने कपडाको रुपमा थियो। जोसँग कम पैसा छ, उनीहरु रिप्ड वा होली जिन्स लगाउँथे । त्यस समयमा फाटेको जिन्स लगाउनुको अर्थ गरिबी थियो ।

फाटेको जिन्सको ट्रेन्ड

बिस्तारै रिप्ड जिन्स मानिसहरुमा लोकप्रिय हुँदै गयो । मानिसहरु आफैंले घुँडा वा अन्य कुनै ठाउँमा काटेर÷फाटेर जिन्स लगाउन थाले । यी जिन्स देख्दा राम्रो लाग्न थाल्यो । तर त्यस अवधिमा पनि रिप्ड जिन्सको धेरै विरोध भएको थियो र मानिसहरुले सर्वत्र त्यसको मजाक उडाउन थाले । २१ औं शताब्दीसम्म आइपुग्दा यो प्रवृत्ति बदलियो । फाटेको जिन्सको मूल्यले आकाश छुन थाल्यो ।

रिप्ड जिन्सलाई चर्चित बनाउने डिजाइनर

२०१०भन्दा पहिलेसम्म रिप्ड जिन्सको मार्केट डाउन भइरहेको थियो । यसका अलावा डिजिटल वा बालमेन जस्तो फेसन डिजाइनर्सले यसको चर्चामा ठूलो भूमिका खेलेका छन् । यसपछि उनीहरुले आफ्नो स्टोरमा फाटेको जिन्स बेच्न सुरु गरे। २०११ मा उनीहरुले डेढलाख रुपैयाँको जिन्स बेचे । यसरी २०१०पछि एकपटक फेरि रिप्ड जिन्सको बजार सुरु भयो ।

हलिउड सेलिब्रेटीले दिए पहिचान

रिपोर्टमा यो पनि भनिएको छ कि हलिउड सेलिब्रेटीहरुले जिन्सको लोकप्रियताको लागि ठूलो योगदान गरेका छन् । हलिउड एक्ट्रेसले रिप्ड जिन्स लगाउन सुरु गरे । त्यसपछि आम महिलाहरुले समेत जिन्स लगाउन सुरु गरे । अहिले यो नेपालमा समेत चर्चित छ ।  एजेन्शीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker