जाडोमा हृदयघातको जोखिम कम गराउने ८ खानेकुरा

आयुष अधिकारी/पोषणविद्

जाडोयाममा मुटुको विशेष ख्याल राख्नुपर्छ । चिसो मौसममा रक्तनलीहरू खुम्चिन थाल्छन्, जसकारण रक्तसञ्चार कम हुन्छ । रक्तचाप बढेसँगै हृदयघातको जोखिम पनि बढ्छ ।

साथै मानिसहरू जसको जीवनशैली पहिले नै खराब छ, उनीहरूको हृदयका लागि जाडोयाम ठूलो जोखिम हुन्छ । यस्तो अवस्थामा यदि केही खानेकुरालाई डाइटमा समावेश गरियो भने फाइदा हुन्छ र उच्च रक्तचाप नियन्त्रण भएर हृदयघातको जोखिम पनि कम हुन्छ ।

ओखर

जाडोयाममा ओखर बदाम जस्ता ड्राइफ्रुट्सलाई आफ्नो डाइटमा समावेश गर्नुपर्छ, यसमा ओमेगा-३ फ्याटी एसिड हुन्छ, जसले कोलेस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, यसले रक्तनलीलाई स्वस्थ राख्छ । यो अल्फा लिनोलेनिक एसिडको राम्रो स्रोत हो, जसले मुटुको स्वास्थ्यमा सुधार गर्छ ।

आलस

दैनिक एक चम्चा आलस सेवनले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । आलसमा पाइने अल्फा–लिनोलेनिक एसिड हृदयरोग भएका मानिसहरूका लागि लाभदायक हुनसक्छ ।

सुन्तला

जाडोमा भिटामिन सीले भरपुर सुन्तलाको सेवन गर्नु पनि राम्रो हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मुटु स्वास्थ्यको ख्याल राख्छ । साथै रक्तचाप नियन्त्रण गर्छ, रक्तनलीको स्वास्थ्य कायम राख्छ । भिटामिन सीले रक्तनली सुन्निएको पनि कम गर्छ ।

अमला

जाडोमा भिटामिन सी प्रशस्त मात्रामा भएको अमलाको सेवन गर्नु पनि लाभदायक हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र फाइबर पनि प्रशस्त हुन्छ, जसले मुटुको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । साथै, यसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

लसुन

लसुनलाई पनि दैनिक आहारमा समावेश गर्नुपर्छ । यसमा एलिसिन नामक यौगिक हुन्छ, जसले रक्तचाप कम गर्न मद्दत गर्छ, रक्तनलीहरूलाई स्वस्थ बनाउँछ, जसले मुटुलाई स्वस्थ राख्छ । यसले कोलेस्टेरोल घटाउन पनि मद्दत गर्छ ।

माछा

यदि मांसाहारी हुनुहुन्छ भने जाडोमा माछा खानु पनि लाभदायक हुन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम र ओमेगा-३ फ्याटी एसिडको मात्रा बढी हुन्छ । जसले मुटुलाई फाइदा पुर्‍याउँछ ।

चुकन्दर

चुकन्दरको जुसले रक्तचाप घटाउने काम गर्छ । यसमा नाइट्रेट (एनओ३) प्रचुर मात्रामा पाइन्छ, जसले उच्च रक्तचाप कम गर्ने क्षमता राख्छ । दैनिक एक गिलास चुकन्दरको रस पिउनाले रक्तनली सुन्निएको लक्षण कम गर्न मद्दत गर्न सक्छ, कोरोनरी हृदयरोग भएका व्यक्तिका लागि यो लाभदायक हुन्छ ।

सोया उत्पादन

सोया उत्पादन जस्तै तोफु, सोया दूध मुटुको स्वास्थ्यका लागि राम्रो हो । यसको सेवनले कोलेस्टेरोल घटाउन मद्दत गर्छ । मासु र क्रिम जस्ता सन्तृप्त फ्याटले भरिएका चीजको सट्टा सोया उत्पादन उपभोग गर्नु मुटुको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker