भोली दमौलीसहित आसपासका क्षेत्रमा ७ घण्टा विधुत सेवा अवरुद्ध हुने, कहाँ कहाँ हुँदैछ ?
दमौली : नेपाल विधुत प्राधिकरण तनहुँ वितरण केन्द्रले भोली शनिबार दमौलीसहित आसपासका क्षेत्रमा ७ घण्टा विधुत सेवा अवरुद्ध गराउने भएको छ ।
दमौली सवस्टेशनमा सव स्टेसन अटोमेशन आयोजनाबाट Incomer Busbar मा Automation को सामान जडान कार्य गरिने भएकोले शनिबार विहान ९ः३० देखि साँझ ४ः३० बजेसम्म विधुत सेवा अवरुद्ध हुने प्राधिकरणको तनहुँ वितरण केन्द्रले जनाएको छ ।
तनहुँ वितरण केन्द्र दमौलीका अनुसार उक्त समयमा दमौली सव स्टेसनको सोति फिडर, तनहुँसुर फिडर, दमौली फिडर, छाब्दी फिडर, थर्पु फिडरबाट विधुत सप्लाई हुने सम्पूर्ण क्षेत्रहरूमा विधुत सेवा बन्द रहने भएको छ ।
उक्त समयमा अगावै कार्य सम्पन्न भएमा विधुत सेवा सुचारू हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र दमौलीले जनाएको छ ।









