भानु-१३ मिर्लुङमा सिद्ध बाबा कप हुने
भञ्ज्याङ समाचारदाता/मिर्लुङ

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङमा सिद्ध बाबा कप २०७८ फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । कोरोना कहरका कारण दुइ वर्षदेखि रोकिएको फुटबल प्रतियोगिता यस वर्षबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।
क्लवको बैठकले नवौं सिद्धबाबा कप २०७८ बिजय दशमीको अबसर पारेर यहि कातिक १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । असोज ३१ गतेसम्म टिम दर्ताको अन्तिम मिति तोकेको क्लवले प्रतियोगितामा प्रथमलाई ६० हजार ६६६, द्धितीयलाई ३० हजार ३३३ रुपैयाँ नगद, ट्रफी, मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गर्ने क्लवले जनाएको छ । यस्तै, ठूलोढुंगा खेलमैदानमा हुने प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी, सर्वोउत्कृष्ट गोल रक्षकलाई समेत आकर्ष पुरस्कारबाट पुरस्कृत गर्ने क्लवले जनाएको छ ।










