भिमादमा जिल्लाकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने

दमौली : तनहुँको भिमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । भिमाद नगरपालिका–६ स्थित बेष्ट ब्वाई क्लबको आयोजनामा माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेष्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता हुनलागेको हो ।

प्रतियोगितामा विजेता समूहले रु तीन लाख एक हजार ९९, उपविजेताले नगद रु दुई लाख एक सय ९९ पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष संसार अन्जान सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सान्त्वना हुने समूहलाई जनही रु ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीले रु २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १०–१० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, मणिमुकुन्द भलिबल क्लब बुटवल, न्यु होराइजन स्पोट क्लब, घले हार्वेस्टिङ अष्ट्रेलिया (गोर्खा) र न्युटन कलेज काठमाडौँको सहभागिता रहने जनाइएको छ ।

स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने तथा भिमादको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

प्रतियोगितामा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहनेछ । माघ १ गते समीक्षा अधिकारी र निश्चल दवाडी, माघ २ गते प्रकाश दुतराज, माघ ३ गते आश्मा विश्वकर्मा, अर्जुन सापकोटा र सविन राईको व्याण्ड, माघ ४ गते बद्री पङ्गेनी र शान्तिरानी परियारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker