दमौली घाट आसपास सरसफाइ

दमौली । तनहुँको दमौलीकबा युवा अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा शनिबार व्यास नगरपालिका-३ स्थित दमौली घाट आसपास सरसफाइ गरिएको छ ।

ज्येष्ठ नागरिकलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका उनले शनिबार बिहानै दमौली घाट आसपास पुगेर सरसफाइ गरेका हुन् ।

उनको अभियानमा युवा व्यवसायी प्रकाशचन्द्र हड्खले, सलिम मियाँ, प्रकाश श्रेष्ठ लगायतले साथ दिएका छन् ।

बुल्दी खोला सरसफाइ अभियान सञ्चालन गरिरहेका उनले महिनाको अन्तिम शनिबार बुल्दीखोला सरसफाइ गर्ने घोषणा गरेका थिए। सोही समयमा ज्येष्ठ नागरिकलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन भएकाले अन्तिम शनिबार सरसफाइ गर्न नसकिएकाले शनिबार बिहानै पुगेर सरसफाइमा जुटेका् बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker