तनहुँका २१ जना माओवादीको गण्डकी प्रदेश सदस्यमा चयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको सदस्यमा तनहुँबाट २१ जना चयन भएका छन् । पोखरामा सम्पन्न प्रदेश कमिटीको अधिवेशनबाट तनहुँका हेमराज लामिछाने (क्षितिज), ओमराज आले (मदन), अतिन्द्र केशरी न्यौपाने, गीता शाही, सूर्य बहादुर गौली, राम बहादुर थापा, सर्वदा खनाल, मुक्ति सिग्देल, विकास श्रेष्ठ चयन भएका हुन् ।

त्यस्तै, प्रदेश कमिटीमा विद्या क्षेत्री, सृजना सिग्देल, दिनेश गौतम, दिपक पन्त, शुक्र चुमान, खुम बहादुर विक, दिल बहादुर नेपाली, पूर्णसिंह थापा, भिम बहादुर राना, करुणा गुरुङ, जौ माया विक र देविका बुर्जा मगर चयन भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । अरु पदाधिकारी भने चुनिएका छैनन् । गुरुङ नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक पनि हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिव समेत रहेकी गुरुङ माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।

पार्टीको पहिलो प्रदेश अधिवेशनले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने गुरुङको भनाइ छ । प्रदेश अध्यक्ष बन्न केन्द्रीय र प्रदेश सदस्यहरुले पनि आकांक्षा देखाएका थिए । तर, केन्द्रीय सदस्यले प्रदेशमा अरुलाईनै जिम्मेवारी छोड्ने माओवादी केन्द्रको स्थायी समितिको पछिल्लो निर्णय अनुसार नेतृत्व चयन गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker