शुक्लागण्डकीमा गठबन्धनबाट प्रमुखमा कांग्रेसका पण्डित र उपप्रमुखमा माओवादीका वि.क. निर्वाचित

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रमुख र उपप्रमुख गठबन्धनले जितेको छ । प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णराज पण्डित र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खुमबहादुर विक निर्वाचित भएका छन् ।

बुधबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार प्रमुख पण्डितले दुइ हजार ४२३ को मतान्तरबाट निर्वाचित भएका हुन् । पण्डितले १२ हजार २६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत प्राप्त गरेका छन् ।

गत शनिबारबाट सुरु भएको मतगणना पाँचदिन पछि बुधबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उपप्रमुखमा पनि गठबन्धनबाटै माओवादी केन्द्रका खुमबहादुर विकले ३०५ को मतान्तरबाट निर्वाचित भएका छन् । विकले १० हजार २६२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेकी फूलमाया वाग्लेले ९ हजार ९५७ मत पाएकी छन् ।

१२ वडा रहेको शुक्लागण्डकीको १, २, ३, ४ र ७ वडामा नेपाली कांग्रेस, वडा नं. ५, ६, ८, ९, ११ र १२ मा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले वडा नं. १० मा वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले सबै गरेर नगरपालिकामा ३५ सिट जित्न सफल भएको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसले मेयरसहित ३ वटा वडा, एमालेले उपमेयर सहित ७ वडा र माओवादीले दुइ वटा वडामा जीत हाँसिल गरेको थियो ।

३८ हजार ३१५ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा २५ हजार ९९७ मत खसेको थियो । नगरपालिकाको वडा नं. १ मा रविचन्द्र पौडेल (१११३), २ मा सुमन मगर (९२५), ३ मा सचिन भुजेल (८०५), ४ मा राजकुमार वाग्ले (७७८), ५ मा दीर्घबहादुर थापा (१२१९), ६ मा बुद्धि थापा (१२७३), ७ मा खड्गसिं थापा (१०७९), ८ मा नारायणसिं थापा (१२८१, ९ मा धनबहादुर थापा (७४०), १० मा राजेन्द्र भट्टराइ क्षेत्री (९२५), ११ मा शालिकराम भट्टराइ (१०३८) र १२ मा इन्द्र गुरुङ (७५६) वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker