पहिराेले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा व्यास–१ स्थित भादगाउँमा पानी वितरण प्रभावित

दमौली : बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित मुहान नजिकको मुख्य पाइपलाइनमा क्षति पुगेपछि पानी वितरण प्रभावित भएको हो ।
पाइपलाइन मर्मत भइरहेकाले केही दिन पानी वितरणमा समस्या आउने खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाका बेला यसअघि पनि यहाँ बाढीपहिरोको समस्या थियो । मुख्य पाइपमा ठूलो क्षति पुगेकाले अझै केही दिन पानी वितरण गर्न सकिँदैन ।”
गत भदौ पहिलो सातापनि वर्षासँगैको बाढीपहिरोले व्यास–१३ निउरोघारीमा पाइपलाइन क्षति हुँदा एक सातासम्म पानी वितरण प्रभावित भएको थियो । हड्खलेले भन्नुभयो, “पहिरोले यहाँ बेलाबेलामा दुःख दिने गरेको छ । प्रत्येक महिनाजसो बाढीपहिरोले पाइपलाइन क्षति भइरहेको छ ।”
उक्त खानेपानी संस्थाले व्यास–१३ का दुई हजार छ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको हो । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कुल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको जनाएको छ ।
समितिले नगर विकास कोषको सहयोगअन्तर्गत रु तीन करोड ८१ लाख ऋण लगानीमा आयोजना निर्माणको सम्झौता गरेको थियो ।
खानेपानी तथा सरसफाइ क्षेत्र सह–लगानी आयोजनाअन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग रु तीन करोड ८१ लाख ऋण सहयोगमा सम्झौता गरिएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो ।
व्यास–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा सङ्घीय सरकारको ७० प्रतिशत अनुदान रकम, नगर विकास कोषबाट २५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत रकम उपभोक्ता समितिबाट बेहोर्ने गरी निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।
उक्त आयोजनाले सन् २०३३ सम्ममा छ हजार तीन सय ७८ परिवारलाई मुहान स्रोत र सम्पवेल पम्पिङमार्फत् चौबिसै घण्टा खानेपानी पु¥याउने लक्ष्य राखेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker