आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीहरु बीच मिनी म्याराथन गर्ने

भञ्ज्याङन्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले मिनी म्याराथन गर्ने भएको छ । क्याम्पसले दमौलीदेखि छाब्दी बाराही देवीको मन्दिरसम्म ‘आदिकवि-छाब्दी मिनी म्याराथन दौड’ प्रतियोगिता गर्न लागेको हो।

क्याम्पसको वाषिर्क खेलकुद कार्यक्रम-२०८० को तालिका अनुसार आगामि फागुन १ गतेका दिने आदिकवि भानुभक्त क्याम्पस र छाब्दी बाराही विकास कोष, व्यास-१४ को संयुक्त आयोजनामा उक्त दौड गरिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।

खेलकुदका माध्यमबाट छाब्दी बाराही मन्दिरको प्रचारप्रसार गरी उक्त क्षेत्रमामा आन्तरिक, बाहृय एवं धार्मिक पर्यटनलाई विस्तार गर्न तथा युवाहरूलाई खेलप्रति आकर्षा गर्नका यो प्रतियोगिता गर्न लागिएको उनले बताए ।

व्यास नगरपालिका-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, प्राध्यापकद्वय धन बहादुर थापा र बुद्ध कुमार श्रेष्ठ, छाब्दी विकास कोषका अध्यक्ष थान बहादुर थापा, उपाध्यक्ष दुर्गाबहादुर थापा, छाब्दी बाराही आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद कँडेल, रजबाम युवा क्लब छाब्दीका अध्यक्ष कृष्ण बहादुर आले र क्लवका सदस्य भेषबहादुर आले लगायतका बैठकले म्याराथन प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

आदिकवि भानुभक्त क्याम्पस व्यास-१, विज्ञानचौरबाट सुरु हुने दौड प्रतियोगिता व्यास-१४, छाब्दी बाराही मन्दिर परिसरमा पुगेर टुङ्गिने छ । प्रतियोगितामा तनहुँ जिल्लाभरका क्याम्पस र विद्यालयका विद्यार्थीहरूले खुला प्रतिस्पर्धामा सहभागि गराइने भएको छ ।

प्रतियोगितामा प्रथमलाई १५ हजार, द्धितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker