आदिकवि भानुभक्त क्याम्पसमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा गत फागुन २३ गतेदेखि जारी बाषिर्क खेलकुद कार्यक्रम-०७७ अर्न्तर्गतका खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । कार्यक्रम अन्तरगत सञ्चालित सेभेन ए साइड पुरुष फुटबल तर्फबिबिएस प्रथम वर्षो रोहीत क्षेत्रीले नेतृत्वको टिम बिजेता बनेको छ भने कक्षा १२ व्यवस्थापन समूहको उमेश आलेले नेतृत्वको टाली उपविजेता बनेको छ ।

पुरुष फुटबल तर्फकक्षा ११ शिक्षा समूहको किरण आचार्यले नेतृत्व गरेको समूह विजेता बनेको छ । बिए प्रथम वर्षको प्रवेशचन्दले नेतृत्व गरेको टिम उपविजेता बनेको छ । त्यसैगरी महिला फुटबल तर्फबिए प्रथम वर्षा अंकिता मल्लले नेतृत्व गरेको टिम बिजेता र प्रकृति अधिकारीले नेतृत्व गरेको कक्षा १२ को भलिबल टिम उपविजेता बनेको छ ।

पुरुष डवल व्याडमिन्टन तर्फबिआईसिटीको विकल श्रेष्ठ र आनन्द सोतीको जोडी विजेता बनेको छ भने कक्षा १२ को कुमार थापा र विराज घर्तीको जोडी उपविजेता बन्न सफल भएको क्याम्पसले जनाएको छ ।

त्यसैगरी महिला डवल ब्याडमिन्टन तर्फकविता सुर्खाली र होस्टेलका वृन्दा देवी वाग्लेको जोडी उपविजेता बनेको छ । बिआइसिटीका आचल शाहा र सुप्रिया श्रेष्ठको जोडी उपविजेता बनेको छ । पुरुष टेबलटेनिसमा कक्षा ११ का सन्दीप रानाभाट र मिलन थापाको जोडी विजेता बनेको छ भने बीए प्रथम वर्षका राजकुमार आले र प्रशान्त चन्दको जोडी उपविजेता बनेको छ । पुरुष लङ्ग जम्प खेलमा विआइसिटिइका विद्यार्थी मिलन थापा बिजेता र विविएस प्रथम वर्षा अध्यनन मनसुन आले उपविजेता बनेका छन् ।

महिला लङजम्प खेलमा कक्षा १२ की सरस्वती श्रेष्ठ बिजेता र वविता रानाभाट उपविजेता बनेकी छन् । महिला सेभेन ए र्साईड फूटबलमा अनु पन्थ उत्कृष्ठ खेलाडी छानिएकी छन् भने भलिबलमा मिलन गुरुङ उत्कृष्ठ खेलाडी घोषित भएका छन् । आगामी खेलाडीहरूलाई मेडल नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker