पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा राष्ट्रिय युवा संघ तनहुँको विरोध
भञ्ज्याङ न्यूज

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै राष्ट्रिय युवा संघ तनहुँले शुक्रबार दमौलीमा विरोध प्रदर्शन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै दमौलीको अनसन चोकदेखि ट्राफिक चोकसम्म आफ्नो सवारी साधन डोहोर्याएर मूल्य वृद्धिको विरोध जनाएका थिए ।
युवाहरुले मुल्यवृद्धि फिर्ता गर, भ्रष्टाचारको छानविन गर, स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर, २४ लाख खोप हराएको घटनाको निश्पक्ष अनुसन्धान गर जस्ता नारा लगाएका थिए ।

विरोध प्रदर्शन पछि आयोजित कोणसभामा राष्ट्रिय युवा संघ तनहुँका संयोजक मदन तिमल्सेना र सचिव बसन्त पौडेलले सरकारले देशको अर्थतन्त्र टाँट पल्टाएको भन्दै भ्रष्टाचारका घटनाको छानविन गर्ने माग गरेका थिए ।
यस्तै, उनिहरुले सरकारले हालै गरेको पोट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका थिए ।










