२५ हजार परीक्षण गर्दा १२ हजार सङ्क्रमित, आठको निधन

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १२ हजार आठजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठजनामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ । पछिल्लो समय तीन हजार ४० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख २७ हजार २७९ पुगेको छ । निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आठको निधन

विगत २४ घण्टामा आज आठ जनाको सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म ११ हजार ६६७ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ ।

यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १५ पुगेको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ८७ हजार ११७, संस्थागत आइसोलेसनमा एक हजार ८१७, आइसियुमा २४५ र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ ।

दुई लाखभन्दा बढीले खोप लगाए

विगत २४ घण्टामा आज दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६३ लाख ३३ हजार ९३७ र पूर्ण मात्रा एक करोड ३१ लाख छ हजार ७२६ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख २३ हजार ९४४ मात्रा लगाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker