भानु जन्मस्थल विकास समितिद्वारा आदिकवि क्याम्पसलाई आर्थिक सहयोग
भञ्ज्याङन्यूज

भानु जन्मस्थल विकास समितिले दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित सामुदायिक क्याम्पसको शैक्षिक एवं भौतिक विस्तार र विकासका लागि आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेको हो ।
जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले उक्त रकमको चेक विहीबार क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गरेका छन् ।
२०७२ सालमा क्याम्पसले सञ्चालन गरेको तनहुँ आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सवका अवसरमा उक्त समितिले प्रतिबद्धता जनाएको सो रकम समितिको हालै बसेको बैठकले क्याम्पसलाई भुक्तानी दिने निर्णय गरेको थियो । सो अवसरमा क्याम्पस प्रमुख हड्खलेले सो प्रतिवद्धताको रकम भुक्तानी गरेकोमा समिति प्रति क्याम्पस परिवारको तर्फबाट आभार व्यक्त गरेका थिए ।
सो अवसरमा सहायक क्याम्पस प्रमुखद्वय डा. रामकुमार अधिकारी, सागर पौडेल र विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।










