अलपत्र खानेपानी आयोजनाको जानकारी लिन डेलिगेशन

तनहुँको भानु नगरपालिका-१३ को मिर्लुङ-सतिस्वाँरा लिफ्ट खानेपानी आयोजना अलपत्र बनेपछि आयोजनाका विषयमा जानकारी लिन डिभिजन खानेपानी तथा सरसफाई कार्यालयमा मंगलबार डेलिगेशन आएको स्थानीय उपभोक्ताहरु । आर्थिक वर्ष २०७३/०७४ मा सुरु भई आर्थिक वर्ष २०७५ चैत्र महिनामा सम्पन्न गरी उपभोक्ताको घरघरमा धारा जडान गर्नुपर्ने भएपनि हालसम्म पनि आयोजना निर्माण सम्पन्न नभई अलपत्र बनेपछि उभोक्ताहरुले स्थानीय सरोकारवाला निकायहरुसंग आयोजनाको विषयमा जानकारी गराएका छन् । उपभोक्ता समिति र वडाध्यक्षको नेतृत्वमा आएको टोलीले पूर्वाधार विकास कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयमा पुगि आयोजनाका विषयमा जानकारी लिएका थिए । तस्विर : भञ्ज्याङ










