सत्यवती माविले जित्यो व्यास नगर राष्ट्रपति रनिङशिल्डको उपाधि

दमौली : तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले व्यास नगर राष्ट्रिपति रनिङशिल्डको उपाधि जित्न सफल भएको छ । व्यास नगरपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कूल १६ पदक जित्दै सत्यवती माविले उपाधि जितेको हो ।

सत्यवती माविले सात स्वर्ण, छ रजत र तीन कास्य पदक जित्न सफल भएको छ । प्रतियोगितामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयले छ स्वर्ण, तीन रजत प्राप्त गरी द्धितीय हुन सफल भएको छ ।

यस्तै, व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जितेर प्रतियोगितामा तृतीय हुन सफल भएको छ । वाराही आवासीय माध्यमिक विद्यालयले तीन स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरी चौथो हुन सफल भएको छ ।

प्रतियोगितामा जनजुक्त शाही माविले दुई स्वर्ण र तीन रजत पदक जितेको छ । निर्मल माविले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको छ । ग्रिनस्टार बोर्डिङ स्कूलले दुई स्वर्ण र एक रजत पदक जितेको छ ।

नगरपालिकाभित्रका ३३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्रछात्रा भलिबल, कराँते, दौड लगायतमा प्रतिस्पर्धा गराउँदा भानु मावि तीन, पराशर माविले पाँच, सिद्धबेनी माविले एक, पराशर माविले एक, जलदेवी माविले एक, क्यामिन माविले दुई, माहेन्द्री माविले दुई, उदय माविले एक, अमरज्योति माविले एक, शिव पञ्चायन माविले एक, दमौली माविले एक, बालमन्दिर माविले एक, चण्डिदेवी माविले एक र दमौली पब्लिक माविले एक पदक जित्न सफल भएका छन् ।

विजेताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नगर खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङ लगायतले पुरस्कार वितरण तथा शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker