विमलनगर बजार इकाईमा तिवारी चयन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघ, विमलनगर बजार इकाईको सभापतिमा गणेश तिवारी चयन भएका छन् । इकाइको बुधबार सम्पन्न २८औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनबाट तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
विमलनगर बजार इकाईको उपसभापतिमा रामेश्वर लामिछाने, कोषाध्यक्ष विश्वनाथ भट्टराइ, सदस्यहरुमा सन्दिप श्रेष्ठ, प्रजातन्त्र कमल थापा, सन्तोष जोशी, हरिप्रसाद भट्टराइ चयन भएका छन् ।
इकाई सभापति गणेश तिवारीको सभापतित्वमा आयोजित अधिवेशन उद्घाटन समारोहमा बन्दिपुर गाउँपालिका-५ का वडा अध्यक्ष ध्रुव लामिछाने, तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुबोध अधिकारी, दमौली बजार इकाई समितिका सभापति एवं निर्वाचन संयोजक भूपाल आले मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, नवनिर्वाचित सभापति गणेश तिवारीले इकाईको सचिवमा विश्वनाथ भट्टराइलाई मनोनित गरेको निर्वाचन प्रतिनिधि सदस्य एकप्रसाद श्रेष्ठले जानकारी गराए ।










