गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने

गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

योसँगै गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार सहुलियत पाउने पाएका छन् । नेपाल सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँले खर्च भईसकेपछि गण्डकी प्रदेशका महिलाहरुले यो सुविधा लिन पाउने डा. .देजकुमार गौतमको भनाइ छ ।

गण्डकी प्रदेशका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउनेछन् ।गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरुले यो सुविधा लिन पाउने डा. गौतमले बताए ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले गण्डकी प्रदेश सरकारको चालु वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरिएको बताए ।

देश सरकारले यसका कार्यक्रमका लागि ५० लाख रकम छुट्टाएको छ । चालु आर्थिक वर्षको बाँकी ४ महिनाको अवधिको प्रगति र अवस्था हेरेर यसलाई विस्तार गर्दै थप रोग र पुरुषहरुका लागिसमेत उपचारमा सहयोग गर्ने योजना रहेको मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बताए । उपचारमा आउँदा वडाको सिफारिस ल्याउनुपर्ने डा. तिवारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker