जिल्ला अदालत तनहुँको आदेशप्रति असहमति जनाउँदै अभिनेता पल शाह पुनरावेदनमा जाने

तनहुँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्ध अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । दुई-तीन दिनभित्रै उच्च अदालत पोखरामा पुनरावेदन गरिने पलका वकिल कमलामोहन वाग्लेले बताएका छन ।

जिल्ला अदालतले हिजो पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशमा पल शाह पक्ष सन्तुष्ट छैन । अधिवक्ता वाग्लेका अनुसार कृष्ण जोशीको हकमा अदालतको आदेश स्वीकार्दै पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने छ भने पलको मुद्दामा पुनरावेदन गरिनेछ ।

‘फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन लिएर पुनरावेदनमा जाने तयारी गर्दैछौं,’ उनले भने ।

अदालतले प्रतिवादीलाई थुनामा राख्न चाहिने तथ्य प्रमाण मुद्दाको मिसिलमा नरहेको वाग्लेले दावी गरे ।

अदालतको आदेशप्रति उनको असहमतिका विषयहरू यस्ता छन् :

‘अदालतले पल शाहलाई थुनामा राख्ने भनेर दिएको आदेशमा हामी सन्तुष्ट छैनौं । पहिलो कुरा, पीडित भनिएकी ‘व्यास-१२’ (प्रहरीले दिएको नाम) ले जिल्ला स्वास्थ्य कार्यालय वा अस्पतालमा दिएको व्यहोरा र प्रहरीमा गरेको व्यहोरा नै फरक छ । अस्पतालमा उनले स्खलन पर्दामा गराएको भनेकी थिइन् । तर, प्रहरीमा बयान दिँदा यौनीमा नै गराएको बताएकी छन् । यसमा विरोधाभास छ ।

वैशाख १४, २०७८ को बेलुका ११:५० मा घटना भएको भनिएको छ । तर, त्यसको भोलिपल्ट बिहानै ‘व्यास १२’ कोरिबाटी चिटिक्क परेर लुगा लगाएर पल शाहसँगै ढोलबाराही मन्दिरमा दर्शन गर्न गएको देखिन्छ । यो पनि स्वाभाविक छैन । राति बलात्कार भएको हो भने भोलिपल्ट बिहान हारगुहार गरेर प्रहरीमा जानुपर्ने । तर, दिनभरि उनी सुटिङमा सहभागी भएकी छन् । काठमाडौं पनि सँगै गएको र तत्कालै कतै उजुरी नगरिएको अवस्था छ । अहिले ९ महिनापछि आएर उजुरी गर्नु अविश्वसनीय हो ।

घटना भएको भनिएको घरमा एउटा परिवार बसेका छन् । बलात्कार भएको थियो भने पीडितले त्यो परिवारसँग राति नै हारगुहार गरिएको हुनुपर्‍थ्यो । त्यो अवस्था पनि छैन । उनले अलग-अलग कोठामा सुतेको स्वीकार गरेकी छन् । कमल क्षेत्रीले पनि पल आफूसँगै सुतेको बताएका छन् । आफू पहिले सुत्न गएको र पल पछि आएको उनको बयान छ । यसले पति गायिका र पल सँगै नसुतेको देखिन्छ ।

जहाँसम्म पलले गायिकाको कोठामा गएको स्वीकारे भनि आएको समाचार छ, त्यो भनेको प्रहरीमा दिएको बयान हो । प्रहरी हिरासतभित्र दबाबमा परेर दिएको बयानमा यथार्थ अभिव्यक्त हुँदैन । पलले अदालतमा नै आफूलाई दबाबमा पारेर इच्छाविपरीत कागज गराइएको बताएका छन् । उनले कोठामा गएको भनेर अदालतमा स्वीकार नै गरेका छैनन् ।

गायिका सुतेको कोठामा भित्रबाट चुकुल लगाएको भनेर भनिएको छ । त्यसो हो भने मध्यराति किन खोलिन् त ढोका ? यसको स्पष्ट जवाफ छैन ।

अडिओका प्रसंगमा पनि बदमासी भएको छ । सार्वजनिक भएको अडिओमा धेरै कुरा सम्पादन भएको पलले बताएका छन् । पलले अगाडि र पछाडि बोलेका कुराहरु जोडजाड गरेर नराम्रो हिसाबले प्रस्तुत गरिएको छ ।

समग्रमा पलको विरुद्ध पूरै साजिस गरिएको छ भन्ने हामीलाई लाग्छ । अदालतले यसलाई राम्ररी मनन गर्न सकेन । हामी एक-दुई दिनमै पुनरावेदनमा जानेछौं । पोखरा उच्च अदालतबाट न्याय मिल्ने आशा छ । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker