तनहुँमा गठबन्धन बीच सिट भागबण्डा नमिलेपछि आ-आफ्नै हिसाबले उम्मेदवारी दर्ता गर्दै

भञ्ज्याङ न्यूज

तनहुँमा गठबन्धन बीच सिट भागबण्डा नमिलेपछि आ-आफ्नै हिसाबले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । सत्तारुढ दलबीच भएको गठबन्धनमा स्थानीय निर्वाचनमा तालमेल गर्ने भनेपनि तनहुँमा सहमति जुट्न सकेको छैन ।

गठबन्धनमा भागबण्डा मिलाउन सोमबार बिहान बसेको बैठक निष्कर्षवहिन भएको र दिउँसो उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले आजै साँझ पाँच बजे पुनः बैठक बसि तालमेलका लागि प्रयास गरिने कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

यस्तै, गठनबन्धनको बैठकमा सहमति नभएपछि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

कांग्रेस तनहुँले आज दिउँसा तीन बजे जिल्लाका सबै पालिकामा उम्मदेवारी दर्ता गर्ने तयारी गरी नगरपालिका, गाउँपालिका र वडामा उम्मेदवार टुंगो जुटेको सचिव खनालले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker