१७औं भानु कप सुरु

तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबारबाट सञ्चालित १७औं भानु कप फुटबल प्रतियोगिताको रेफ्रिलाई बल दिएर उद्घाटन गर्दै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फडिन्द्र देवकोटा । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा भन्सार युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
यही साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहेका र नकआउट चरणमा खेलाइने प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार २११ तथा उपविजेताले रु एक लाख २५ हजार २११ सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार २११ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार २११, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार २११ तथा सर्वाधिक गोलकर्तालाई रु पाँच हजार २११ पुरस्कार प्रदान गरिनेछ । सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई रु ६ हजार २११ र बाघचालतर्फ प्रथम हुनेलाई रु ६ हजार २११ पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । तस्विर ः भञ्ज्याङ