रेलिङले च्यापिएर घाइते भएकी महिलाको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१ माइलीडाँडामा रेलिङले च्यापिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । स्थानीय ५६ वर्षीय बसुन्धरा विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ग१ख ५८७५ नम्बरको टिप्परले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको बिहीबार उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।

घटना लगत्तै घाइते महिलालाई दमौली स्थित रत्नहरि अस्पतालमा उपचारका लागि ल्याइएको र उनको थप उपचारका लागि पोखरा पठाइएको थियो ।

टिप्पर चालक म्याग्दे गाउँपालिका-६ घर भई व्यास नगरपालिका-१ चारकुने बने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध सवारी ज्यान मुद्दामा बिहीबार तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker