बन्दीपुर केबलकारले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने

पहाडकी रानी उपमाले परिचित पर्यटकीय ग्राम बन्दीपुरमा सञ्चालित बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेडले तनहुँ जिल्लाको पर्यटन विकास र उद्यमशिलता प्रबर्धनको क्षेत्रमा कलम चलाई योगदान गरे बापत तीन जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।

कम्पनीको आगामी वैशाख ६ गते शनिवारका दिन आयोजना हुने चौथो साधारणसभामा छनोट भएका तीन जना पत्रकारहरुलाई जनही नगद ५१ हजार रुपैयाँका दरले पुरस्कार राशी र दोसल्ला एवं सम्मानपत्रले सम्मान गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

उद्यमशिलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरुको छनोट गर्नको लागि सञ्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा तीन सदस्य समिति बनाईएको कम्पनीले जनाएको छ । समितिले छनोटको मापदण्ड पुरा गरि पुरस्कार दिन योग्य पत्रकारहरु छनोट गरि कम्पनीको बोर्ड समक्ष सिफारिस गर्ने उपाध्यायले जानकारी दिए ।

प्रत्येक वर्ष साधारण सभाको अवसरमा कम्पनीले यस प्रकारको पुरस्कारले पत्रकारहरुलाई सम्मान गर्दै आईरहेको छ । उद्यमशिलता नै समाजको असली पहरेदार एवं प्रगतिको चालक हो र यसको लागि पत्रकारको कलमले थप सम्मान पाएको अनुभूति गर्न पाओस भन्नको खातिर निरन्तर सम्मान गर्ने गरेको कम्पनीका अध्यक्ष शर्माले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker