मीन माविको भवन अनुगमन
भञ्ज्याङ समाचारदाता/म्याग्दे

आथिक वर्ष २०७८/०७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको मीन माध्यमिक विद्यालय थर्पुको भवनको प्रतिनिधीसभा सदस्य केदार सिग्देलले अनुगमन गरेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख रुपैयाँ बजेटबाट विद्यालयका भवन निर्माण गरिएको छ ।
विद्यालयको भौतिक संरचना अन्तर्गत निर्माण हुन लागेको पक्की भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हुँदा समयमै गुणस्तरीय ढंगले पुरा गर्न सांसद सिग्देलले आग्रह गरे । गुणस्तरीय शिक्षा सबैको अधिकार भएको बताउँदै सांसद सिग्देलले गुणस्तरीय शिक्षा दिई देशको नै भविश्व निर्माणमा भुमिका खेल्न शिक्षक तथा व्यवस्थापन समितिलाई आग्रह गरे ।
२०३१ सालमा स्थापित भएको मीन मावि जिल्लाको नै पुरानो विद्यालय भएर पनि पुर्वाधार र अन्य विषयमा पुर्णता नपाउनु दुःखद भएको बताउँदै उनले विद्यालयको शैक्षिक, भौतिक र प्रविधिको विकासका लागि आफ्ले पहल गर्दै आएको बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिलिप कुमार श्रेष्ठको नेतृत्वको टोलीले अनुगमनमा विद्यालयको प्रधानाध्यापक, राजनैतिक दल र स्थानीय समुदायको सहभागिता रहेको थियो । करिब ८०० भन्दा विद्यार्थी भएको विद्यालयमा भौतिक संरचना लगायतको अभावले पठनपाठन र अन्य गतिविधीमा असर पर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।










