सर्भाइकल क्यान्सर सचेतना एवं स्वास्थ्य शिविर
भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-३ निमचोक टोल विकास संस्थाले शनिबार सर्भाइकल क्यान्सरको सचेतना एवं स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेडी ट्रष्ट प्याथलोजी पोखरा र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. प्रमिशा बरालको सहकार्यमा सञ्चालन गरिएको शिविरमा पाठेघरको क्यान्सर सम्बन्धी स्क्रिनिङ परीक्षण, मधुमेह, मिर्गौला, मुटु, रगतमा बोसोको मात्रा, थाइराइड, पिसाबको समेत परीक्षण गरिएको थियो ।

शिविरमा व्यास-३ का वडाध्यक्ष अनुप रानाले बेलैमा रोग पत्ता लगाउन सके उपचार गर्न सहज हुने बताए । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. प्रमिशा बरालले स्त्रीरोग सम्बन्धी परामर्श दिएकी थिइन् ।










