दुर्घटनामा पत्रकार महासङ्घ तनहुँका सचिव राना सहित श्रीमती र छोरी घाइते

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ मजुवामा ट्रकको ठक्करबाट नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव प्रताप राना घाइते भएका छन् । पोखराबाट तनहुँको भिमादतर्फ आउँदै गरेका राना सहित श्रीमती छोरी ट्रकको ठक्करबाट घाइते भएका हुन् ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रानाकी श्रीमती रमा थापा र छोरी समेत घाइते भएकी छन् । उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये राना र छोरीको अवस्था सामान्य रहेको र श्रीमतीको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले मङ्गलबार विज्ञप्ती प्रकाशित गरी घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ । शाखाका अध्यक्ष उज्ज्वल पौडेलद्वारा जारी विज्ञप्तीमा दुर्घटनाका दोषीलाई तत्काल कानूनी कारवाहीमा ल्याई घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन माग गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker