विकासबाहेक अरु स्वार्थ छैन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताउनुभएको छ ।

तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताउनुभएको हो ।

जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको बताउनुभयो ।

मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने उहाँले बताउनुभयो । संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उहाँले बताउनुभयो । निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाउनुभएको छ ।

पौडेलले आजै भानु नगरपालिका–३ खहरे, भानु नगरपालिका–६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका–५ नारेश्वरटारलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker