सरकार बचाउन र दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री खाँण

भञ्ज्याङ न्यूज

गृहमन्त्री बालकृष्ण खाँणले सरकार बचाउन मात्र नभई दीर्घशान्तिका लागि पनि अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा सञ्चालन गरेको आठौं तनहुँ महोत्सवमा सोमबार समापन गर्दै उनले गठबन्धनको उपलब्धी सरकार बनाउनुमात्र नभइ संविधानको रक्षाका लागि पनि भएको प्रष्ट पारेका छन् ।

‘लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको हो’, गृहमन्त्री खाँणले भने, ‘संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र नभई मुलुकको विकास र शान्तिका लागि पनि गठबन्धन आवश्यक छ।’

गठबन्धन आज हामीले मात्र गरेको नभई विगत विभिन्न कालखण्डमा पनि हुँदै आएको स्मरण गराउँदै गृहमन्त्री खाँणले भने, ‘गठबन्धन वैचारिक आधारशिलामा मात्र हुन्छ भन्ने नभई अब जाने गन्तव्य के हो त्यसको उपलब्धीका लागि पनि गठबन्धन गरिन्छ ।’

‘आफु हिजो पनि गठबन्धनको पक्षमा रहेको र आज पनि गठबन्धनको पक्षमा छु, त्यसमा लाजमान्नुपर्ने कुरै छैन’, उनले भने, ‘२०७४ सालको चुनावपछि जुन खालको गठबन्धन बन्यो त्यो गठबन्धनले संविधान च्यात्ने हो कि भन्ने जस्तो गर्न थालेको, स्वतन्त्र पत्रकार, मानव अधिकार, नागरिकहरुको सम्पत्ति माथिको अधिकार, स्वामित्व माथिको अधिकार माथि प्रहार, नेपालको मौलिक परम्परा र संस्कृति माथि प्रहार गरेर गुठि विद्ययक ल्याउने जस्ता कार्य गरी निषेधात्मक राजनीति गर्दै एक दलीय निरंकुश्ता थुपार्न खोजियो।’

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको सुनाएका थिए ।

उनले उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै उद्योगीको सुरक्षाका लागि सरकार गम्भीर र संवेदनशील रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशिल बन्नुपर्ने र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

यस्तै, गृहमन्त्री खाँणले विद्युत विकासका लागि मुलुकमा एमसिसिले सहयोग गरेको बताएका छन् । नेपालको विद्युत विकासका लागि यो एमसिसि आवश्यक रहेको र एमसिसि नेपालको हित र पक्षमा भएकाले यसले नेपालको राष्ट्रियतालाई बलियो बनाउने दाबी गर्दै उनले भने, ‘बिजुलीको तारबाट दुनियामा कतै पनि सेना नआएको छैन, विजुलीको तारबाट सन्सारमा बिजुली आउँछ र नेपालमा पनि बिजुली नै आउँछ ।’ गृहमन्त्री खाँणले तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासका लागि योगदान पुर्‍याएको चर्चा गर्दै भानुभक्त आचार्य नजन्मिएको भए नेपाली भाषाले यो उचाई प्राप्त नगर्ने बताए ।

त्यस्तै, कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएकै मितिमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुलुक निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । हरेक नेपालीलाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले हरेक वडामा कृषि उपज बजारीकरणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, गोरखाका पूर्व अध्यक्ष विश्वदेव श्रेष्ठ लगायतले निजी क्षेत्रको प्रवर्द्धनमा सरकार लाग्नुपर्ने बताएका छन् ।

संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक पविन्द्रकुमार श्रेष्ठले महोत्सवबाट आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रबर्द्धन गर्न टेवा पुगेका बताएका छन् ।

महोत्सवमा मादीसेती नदीमा जलबिहारको व्यवस्था मिलाइएको थियो । सेती र मादीको संगमस्थल दमौलीमा जलबिहारको प्रचुर सम्भावना भए पनि जलबिहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलविहार सञ्चालन गरिएको र यसले आकर्षण थपेको महोत्सवका प्रवक्ता इमकुमार मल्लले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker