एमाले शुक्लागण्डकी नगर कमिटीको तेश्रो पूर्ण बैठक

दुलेगौंडा : नेकपा एमाले शुक्लागण्डकी नगरपालिका कमिटीको तेश्रो पूर्ण बैठक मंगलवार तनहुँको खैरेनीटारमा सम्पन्न भएको छ । बैठकलाई पार्टी केन्द्रीय सदस्य तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सदस्य सविता रसाईली, जिल्ला अध्यक्ष हरिराज कँडेल, प्रदेश कमिटी सदस्य कमल ढकाल, जिल्ला उपसचिव खिम बहादुर कुमाल, जिल्ला कमिटी सदस्य मुक्तिनाथ तिम्सिनाले लगायतले सम्बोधन गरेका थिए ।
नगर कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा आयोजित बैठकमा तिर्थराज खनाल र उपाध्यक्ष  लोकनारायण श्रेष्ठले सहजिकरण गरेका थिए ।
उक्त बैठकले पार्टीले सम्पादन गरेका कामको समीक्षा र आगामी कार्ययोजना तयार गर्दै शुक्लागण्डकी नगरपालिका भित्रका वडाहरूमा मंसिर मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker