नेकपा एमाले आँबुखैरेनी गाउँकमिटीमा खनाल
भञ्ज्याङ न्यूज

नेकपा एमाले आँबुखैरेनी गाउँकमिटीको अध्यक्षमा कपिल खनाल चयन भएका छन् । पार्टीको शनिबार आँबुखैरेनीमा सम्पन्न विशेष अधिवेशनले गाउँकमिटी अध्यक्षमा खनाललाई चयन गरेको हो ।
गाउँकमिटी अध्यक्ष मीना अधिकारीको सभापतित्वमा आयोजित विशेष अधिवेशनले खनालको अध्यक्षतामा १४ सदस्य पछि थप गर्ने गरी ३५ सदस्यीय नेकपा एमाले आँबुखैरेनी गाउँकमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा सम्झना वि.क., सचिव इश्वर राना, सह-सचिव पूर्ण बहादुर आले र कर्ण बहादुर भुजेल लगायत चयन भएका छन् ।
भेलामा राष्ट्रिय सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने, तनहुँ क्षेत्र नं. २ का सांसद केदार सिग्देल, गण्डकी प्रदेश कमिटी सदस्य ऋषि के.सी. र उपेन्द्र देवकोटा, जिल्ला सचिवालय सदस्य इन्द्रमान परियार, गाउँकमिटी इन्चार्ज दुर्ग बहादुर थापा, सह-इन्चार्ज ऋषि के.सी. लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










