देशभर फैलियो डेंगु, सात जनाको मृत्यु

भञ्ज्याङ समाचारदाता/काठमाडौं

साउन महिना यता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् ।

‘अहिलेसम्म डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ’, ती कर्मचारीले भने, ‘सातमध्ये तीन जनामा डेंगुसँगै अन्य दीर्घरोग पनि छ ।’

मृत्यु भएका निर्सग अस्पतालमा ३५ बर्षीया महिला, कान्ति बाल अस्पतालमा तीन बर्षीया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्षीया महिला, भेरी अस्पतालमा १२ बर्षीया बालिका रहेका छन् । त्यसैगरी, चितवन मेडिकल कलेजमा २५ बर्षीया महिला, ग्राण्डी र समेरू अस्पतालमा डेंगु संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।

सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या मात्र हेर्दा पनि साउनयता ८ हजार ३२७ जना डेंगुको चपेटामा परेका छन्। हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावति छन् ।

महाशाखाकाको तथ्यांक अनुसार साउनयता सबैभन्दा बढी बागमती प्रदेशमा ६ हजार २०५, लुम्बिनीमा प्रदेशमा १ हजार २८४, प्रदेश १ मा २८२, सुदुरपश्चिम प्रदेशमा २०६ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा १५०, मधेशमा १४४ र कर्णाली प्रदेशमा ५६ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार सन् २००५ मा डेंगु पुष्टि भएको रेकर्ड छैन भने सन् २००६ देखि सन् २०२१ सम्ममा २५ हजार ९६७ जनामा डेंगु पुष्टि भइसकेको छ ।

काठमाडौं उपत्यका सहित सबै जिल्लामा डेंगु देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय र छलफल गरेको जनाएको छ । यस्तै, डेंगु प्रभावित जिल्ला तथा स्थानीय तहहरुमा डेंगुको अनुसन्धान र लार्भा नष्ट तथा सचेतनामूलक गतिविधि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्राय दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker