निर्वाचनलाई निष्पक्ष बनाउन एमालेको ध्यानाकर्षण

भञ्ज्याङ समाचारदाता/दमौली

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन नेकपा (एमाले) तनहुँले प्रशासनको ध्यानाकर्षण गराएको छ । एमालेले मंगलबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्दै निष्पक्ष बनाउन ध्यानाकर्षण गराएको हो ।

आम निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण हुने कुरामा आफू विश्वस्त रहेको ज्ञापनपत्र बुझाउँदै एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । निर्वाचन कार्यक्रम सञ्चालन गरिरहँदा, निर्वाचन सम्पन्न नहुँदासम्म कर्मचारीको भूमिका, मतदाता शिक्षामा सरकारद्वारा खटाइएका स्वयंसेवकको भूमिका र सुरक्षा निकाय तथा अन्य राज्यका जनशक्तिको भूमिका तटस्थ हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

‘निर्वाचन र निर्वाचनका बेलामा राज्यशक्तिको दुरुपयोग, साधनस्रोतको अनुचित प्रयोग र विगतका निर्वाचनमा देखिएका क्रियाकलाप हुन्’, ज्ञापनपत्रमा भनिएको छ, ‘यस्ता क्रियाकलाप हुन नदिन सचेत गराउन चाहन्छौ ।’ निर्वाचनका बेला घटना घट्न सक्ने विगतको अनुभवबाट पाठ सिक्दै त्यस्ता घटना घट्न नदिन निर्वाचन कार्यालय, सुरक्षा निकाय सचेत रहनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

निर्वाचन सम्पन्न गर्न संवैधानिक र कानूनी हिसाबले सहयोग गर्न एमाले तयार रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन र सबै सरोकारवाला निकायसंग सहकार्य, समन्वय गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

यस्तै, एमाले तनहुँले मुख्य निर्वाचन अधिकृत दलबहादुर केसी, जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि प्रसाद ढकाललाई पनि ज्ञापनपत्र बुझाएर निर्वाचनलाई निष्पक्ष बनाउन ध्यानकर्षण गराएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य रामचन्द्र उपाध्याय, जिल्ला उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल सहभागी थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker